७ वैशाख २०८१ शुक्रबार
राजनीति

राप्रपा (संयुक्त)को केन्द्रीय समिति बैठक भदौ १९ मा

काठमाडौँ- राप्रपा (संयुक्त) को केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय कार्यसमितिको संयुक्त बैठक भदौ १९ र २० गते काठमाडौँमा बस्ने भएको छ। पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने उक्त बैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशानिर्देश गर्नेछ।     

बैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिने तथा आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गर्ने बताइएको छ। राप्रपा (संयुक्त)ले सम्वद्र्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दू राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको तथा संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति प्रतिबद्ध रहेको पार्टीले जनाएको छ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात् सम्पन्न हुन लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हुने बताइएको छ।रासस  
 

प्रकाशित: ६ भाद्र २०७६ १२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App