६ वैशाख २०८१ बिहीबार
समाज

सवारी दुर्घटनामा एकको मृत्यु

भक्तपुर - अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी नयाठिमी चारदोबाटोमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

भक्तपुरबाट काठमाडौतर्फ जादै गरेको बा ७३ प ९७२१ नं.को मोटरसाइकल र कोरियन अस्पतालबाट बाटो क्रस गरी बालकोटतर्फ जादै गरेको बा ६७ प ६७५४ नं.को स्कुटी एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका ५ कमेरेटार बस्ने राजेश गोजा रहेको प्रहरीले जनाएको छ।

उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। स्कुटी चालक भक्तपुर नगरपालिका ५ टौमढी बस्ने बर्ष ३१ का प्रबिण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए।

 

प्रकाशित: ६ भाद्र २०७६ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App