७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

भारतको मन्दिरमा भागदौड हुँदा चार जनाको मृत्यु, कैयौं घाइते

भारत- पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ। 

सो भागदौडमा परी अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन्। शुक्रबार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरुबीच सो भागदौड भएको बताइएको छ। 

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ। 

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो।]

उक्त दुर्घटनामा परी घाइते भएकाहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ। घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन। 

कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरुले भगवान श्रीकृष्णको जन्म दिनको रुपमा उनको पूजा आराधना गरी भव्य रुपमा मनाउने गर्दछन्। भारतमा हिन्दू धर्मावलम्बीहरु विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौँ नागरिकको ज्यान जाने गरेका समाचारहरु आउने गर्दछन्। सिन्ह्वा

प्रकाशित: ६ भाद्र २०७६ ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App