७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय पक्षले सीमामा बाँध चौडा गर्न थालेपछि स्थानीय चिन्तित

रौतहट-  सीमावर्ती दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध पुनः मर्मत सम्भार गरी थप बलियो बनाउन थालेपछि स्थानीय त्रसित बनेका छन्। सीमावर्ती क्षेत्रमा भारतले अन्तरराष्ट्रिय नियमको उलंघन गर्दै बाँध बनइदिएपछि रौतहट सदरमुकाम गौर सहित दर्जन गाउँ बर्षेणी बाढीको पानीले डुवानमा पर्दै आएको छ।

हरेक बर्ष बागमती र लाल बकैया नदीमा आएको बाढीको पानी भारतीय बाँधको कारण निकास हुन नसक्दा गौर, राजदेवी र इश्नाथ नगरपालिकाका दर्जन गाउँ डुबानमा पर्नुको मुख्य कारण सीमावर्ती क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा बनाएको तटबन्ध भत्काउनु कता हो कता भारतीय पक्षले ममैत सम्भार गरी थप बलियो र चौडा बनाउन थालेपछि नेपालीहरु डुवानको समस्याले चिन्तीत बनेका छन्।

भारत सरकारले २०३४ सालमा सदरमुकाम गौरको लाल बकैया नदीदेखी पूर्वराजदेवी नगरपालीकाको बागमती नदी सम्म जोडेर करिब तिन किलोमिटर र २०६५ सालमा लाल बकैया नदीको पश्चिमी बाँधलाई जोडेर दुई किलोमिटर गरी ५ किलोमिटर २५ फिट अग्लो बाध बनाएको कारण बागमती र लाल बकैया नदीमा अव आउने बाढीले नेपाली भुमि डुवानको समस्या झन बढेको इश्नाथ नगरपालिका १ बन्जरहाका बडा अध्यक्ष विगु साहले बताए।

भारतीय बाँधका कारण राजदेवी नगरपालकिाको लक्ष्मीपुर, वेलविछवा, ब्रहम्पुरी र सदरमुकम गौर नपाको ९ बटै वडा र इश्नाथ नगरपालीकाको औरैया, वैरिया र बन्जरहा डुवानको चपेटमा परी करोडौंको क्षति वेहोर्नुपरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

भारतीय पक्षले दशगजा मै कानुन विपरित बाध मर्मत गरी चौडा समेत गरी बलियो वनाउन थालेपछि प्रमुख जिल्ला अधिकारी किरण थापा, सशस्त्र प्रहरी प्रदेश नम्वर २ का प्रमुख डिआइजी राजु अर्याल, सशस्त्र प्रहरी ११ नम्वर गणका एसपी रोविनराज कर्णजित र राष्ट्रिय अनुसन्धान का एसपी अभिनय सिंह लगाउतका सुरक्षा निकायका पदाधिकारीहरुले  उक्त स्थानको स्थलगत निरिक्षण गरी दशगज्जा क्षेत्र मिची बनाइएको बाँधको कारण नेपाली भुभाग झन डुवानमा पर्ने खतरा बढेकोले यसलाई तत्काल समाधान गर्न सम्बन्धित निकायमा लिखित रुपमै निर्णय गरेर पठाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए।

गत असार २७ र २८ गते आएको विनाशकारी बाढीको पानी बाधको कारण निकास हुन नसक्दा करिव एक महिनासम्म इशनाथ नपाको औरैया, बन्जरहा पूर्ण रुपमा डुवानमा परेका थिए। बाढीका कारण भारतीय बाँध भत्किने खतरा बढेपछि भारत सरकारबाट रातारात माटोमा केमिकल मिसाएर बोरामा हली बाँध मर्मत गरेको कारण नेपाली भुभाग थप जोखिममा परेको इशनाथ १ बन्जरहाका वडाध्यक्ष विगु साहले बताए।

भारतीय पक्षले पिलर नम्बर ३४७ देखी बकैयासम्म थप मजवुत बाँध बनाइरहेको विषयमा जिल्ला प्रशासन कार्यालय लगायतका निकायलाई जानकारी गराएपछि अनुगमनको क्रममा गएका सुरक्षा निकायका प्रमुखहरुले भारत विहार पूर्वी चम्पारणका सुरक्षा निकायका अधिकारीहरुलाई फोन गरेर मर्मत कार्य रोक्न लगाएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। पटक पटक भारतीय अधिकारीलाई सीमाको उलंघन नगर्नुस भन्दा पनि उनीहरुको कार्य रोक्न नसकेको प्रजिअ थापाले बताए। भारती पक्षले अटेर गरेपछि सशस्त्र प्रहरीको डिउटी नै पिलर नम्वर ३४७ नजिक राखि दिएपछि बाध ममैतको काम रोकिएको र अघि नबढेको बताए।

अन्तरराष्ट्रिय सीमा कानुन अनुसार दश गज्जा क्षेत्रको ३० फिट दायाँ बाँया कुनैपनि स्थायी संरचना बनाउन नपाउने र त्यसपछि दुवै देशको सहमती लिएर मात्रै निर्माण कार्य गर्ने स्पष्ट प्रावधान भएपनि इशनाथ नपा क्षेत्रमा एकतर्फी रुपमा सीमा मिचेर बाँध बनाइएको छ। बाँधलाई रेखाँकन तथा नापनक्सा गर्नका लागि गृहमन्त्रालयमा पत्राचार गरिसकेको तथा सीमाको यथार्थ जानकारी समेत गराइसकेकोले नेपाल सरकार स्तरबाटै भारतीय सरकार समक्ष कुरा गरेर समस्या समाधान गर्न जरुरी रहेको अनुगमनमा सहभागि सशस्त्र प्रहरीका प्रदेश २ का डिआइजि राजु अर्यालले बताए।

भारतीय बाँधका कारण बन्जरहाका जनताहरु बाढीको पानीको मुहान थुनेको कारण निकै सास्ती खेप्नु परेकोले नेपाली भु भागमा रहेको बकैया नदीमा बनाएको बाँध हटाएर पानी निकासको उचित व्यवस्थापन गर्न माग गरेका छन्।

प्रकाशित: ६ भाद्र २०७६ ०८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App