जग्गा हिनामिनासम्बन्धि उजुरी प्रशासन कार्यालयमा दिन सकिने

शुक्रबार, ०६ भदौ २०७६, १२ : ५८ नागरिक

काठमाडौँ- सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जग्गा हिनामिनासम्बन्धी उजुरी तथा सूचना जिल्ला प्रशासन कार्यालयमा पनि दिन सकिने व्यवस्था गर्न लागेको छ।     

काठमाडौंसम्म आएर उजुरी गर्न तथा सूचना दिन सर्वसाधारणलाई असुविधा हुन सक्ने महसुस गरेर आयोगले केही दिनभित्रै सूचनामार्फत जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने व्यवस्था गर्न लागेको आयोगका अध्यक्ष मोहनरमण भट्टराईले जानकारी दिए। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणसम्बन्धी छानबिन शुरु भएपछि शारदाप्रसाद त्रिताल आयोगले प्रतिवेदनमा दिएका सुझावलाई सरकारले गम्भीरतापूर्वक लिएर वर्तमान जाँचबुझ आयोग गठन गरेको हो।     

गत जेठ १५ गतेदेखि कार्यालय स्थापना गरी कहाँ, के कति जग्गा हिनामिना भएको छ भन्ने विषयमा सूचनामार्फत जानकारी माग गरेको हालसम्म आयोगमा एक सयभन्दा बढी उजुरी प्राप्त भएका र त्यसउपर छानबिन भइरहेको जानकारी दिइएको छ। सरकारी, सार्वजनिक र गुठीका जग्गा जमीन धैरै हिनामिनाको स्थितिमा देशलाई राखिनु नहुने भनेर आयोगले इमान्दार प्रयासले खोजबिनको कार्य गरिहेको अध्यक्ष भट्टराईले बताए।    

सरकारी, सार्वजनिक तथा गुठी जग्गा हिनामिनाका सम्बन्धमा वास्तविक सूचना उपलब्ध गराएर सहयोग पु¥याउन आयोगले सबै तह र तप्काका आम नागरिकसँग आग्रह गरेको छ। आयोगले भनेको छ, “सरकारी, सार्वजनिक र गुठीका जग्गा कसैले पनि तलमाथि गर्न हुँदैन, जग्गा प्रशासनको विषय स्वस्थ्य र न्यायपूर्व बन्नुपर्छ भन्नेमा आयोग दृढ छ, सबैले आ–आफ्नो ठाउँबाट कर्तव्य र दायित्व पूरा गरिदिएको भए यो समस्या आउने थिएन।”     

सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिनाको जिम्मेवार भनेको सीमाभित्र बस्न नरुचाउने प्रवृत्ति जिम्मेवार रहेकाले अध्यक्ष भट्टराईले केही मान्छेको दूषित मनसायले यसलाई मलजल गर्न सहयोग पु¥याएको धारणा व्यक्त गरे। पछिल्लो समय सार्वजनिक जग्गा संरक्षण गर्नुपर्छ भन्ने समाजमा चेतना बढेका कारण त्यस्ता जग्गा हडप्न खोज्ने कानूनी दायरामा आउने क्रम बढेको छ।रासस
 






यसमा तपाईको मत

अन्य समाचार

सामसङको ए२०एस नेपाली बजारमा

सामसङको ए२०एस नेपाली बजारमा

इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्रान्ड सामसङले नयाँ विशेषता भएको  ग्यालेक्सी ए२०एस बजारमा प्रस्तुत गरेको छ । ...

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जीको डाइरेक्ट ड्राइभ फ्रन्ट मोटरयुक्त वासिङ मेसिनले ग्राहकको मन जित्दै

एल्जी इलेक्ट्रोनिक्सले अभिनव फ्रन्ड लोडर वासिङ मेसिनको उपलब्धता विस्तार गर्दै आएको छ । ...

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला क्यापमा कार अफर– विजेतालाई टाटा टियागो गाडी हस्तान्तरण

कोका–कोला, नेपालको सबैभन्दा लोकप्रिय पेय पदार्थ ब्राण्डले आफ्नो यो वर्षको ठुलो प्रवर्दन क्याम्पेन “कोका–कोला क्यापमा कार” को विजेता हेटौंडाका अम्बर...

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

गिनिज वर्ल्ड रेकर्डमा दर्ता प्रयास

राउन्ड टेबल नेपालले कदम्बरी एकेडेमी, वीरगन्जका बच्चाको लागि बृहत् लैंगिक समानतासम्बन्धी कार्यशाला आयोजना गरेको छ । ...

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकको ११ नयाँ शाखा विस्तार

माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लाहरुमा ११ शाखा कार्यालयहरुको औपचारिक समुद्घाटन गरेको छ। ...

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउसको साधारण सभा सम्पन्न

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठौँ  वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६(११ नोभेम्बर २०१९)मा होटेल क्राउन इम्पेरियल, काठमाडौँमा सम्पन्न गरेको...

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’

एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा रहेका आफ्ना साथीभाई र आफन्तजनहरुसँग सुलभ दरमा कुरा गर्न सक्नेछन् । ...

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

Ncell Footer Ad