८ वैशाख २०८१ शनिबार
समाज

शिक्षक भन्छन्, विद्यार्थीले पढ्नै मन लाउँदैनन्

एसइई ग्रेड वृृद्धिको परीक्षामा सहभागी हुन विद्यालय छिर्दै विद्यार्थीहरु। फोटोः दिनेश नागरिक

रोल्पा - रोल्पामा गणित विषयको सिकाइ उपलब्धि निकै कम देखिएको छ। शिक्षा विकास तथा समन्वय ईकाइका अनुसार आइबारदेखि सुरु भएको एसइई ग्रेड वृृद्धि परीक्षामा सबैभन्दा बढी गणित विषयको परीक्षामा २ हजार ४४ जना सहभागी भएका छन। त्यस्तै अंग्रेजीमा १ हजार २ सय ५७, नेपालीमा १ सय २४, बिज्ञानमा ९ सय ८९,  सामाजिकमा १ सय ८७, स्वास्थ्यमा १ सय १६, अतिरिक्त गणितमा ६२, अर्थशास्त्रमा ३०, भुगोलमा २५, शिक्षामा ६१ विद्यार्र्थीहरुले ग्रेड वृृद्धिका लागि परीक्षा दिँदै छन।

विद्यार्थीको शैक्षिक अवस्थामा सुधार नआएको देखेर शिक्षकहरु पनि दिक्क छन्। ‘कतिपय विद्यार्र्थीमा पढ्नुपर्छ भन्ने धारणा नै नभएको शिक्षकहरुको आरोप छ। शिक्षकको डर र अभिभावकको करले मात्र विद्यालय आउने गरेको शिक्षकको आरोप छ। विद्यार्थीमाथि आरोपमात्रै लगाएर शिक्षक उम्किन भने पाउँदैनन्। विद्यार्थीको सिकाइ उपलब्धि सुधार नहुनुमा मुलतः शिक्षको नै दोष मानिन्छ।

त्यसो त कतिपय विद्यार्थीले घरायसी कामकाजको चटारोले पनि अध्ययनमा समय दिन पाउदैनन्।’ गणित विषयका शिक्षक एलएम आचार्यले भने ‘स्कुलमा विषयगत शिक्षक नहुनु र शैक्षिक सामाग्री बिना पठनपाठन गर्नुले पनि विद्यार्र्थीको शैक्षिक स्तरमा सुधार नआएको बताउँछन्।’ पहिलो कुरा सबै विद्यालयमा विषयगत शिक्षक नै छैनन्। उनले भने, भएकाले पनि पाठ योजना नबनाई शिक्षण गर्छन्। प्रयाप्त शैक्षिक सामग्री पनि छैनन्। यस्तो अवस्थामा विद्यार्थीले पनि रुची राख्दैनन्।

रोल्पामा आज पनि करिब ६० प्रतिसत शिक्षक दरबन्दी रिक्त छ। समुदायले रकम जम्मा गरेर थोरै तलबमा नियुक्त गरिएका शिक्षकहरु लामो समय विद्यालयमा नटिक्नुले पनि समस्या ल्याएको कतिपयको बुझाइ छ। नेपाल माबि कोटगाउँका प्रअ कृष्ण पुनले भने ‘बिद्यार्थीको मेहनत कम भयो। विषयगत शिक्षक पनि छैनन्।’

ठूलो संख्यामा विद्यार्र्थीहरु परीक्षामा असफल हुँदै आइरहेको रोल्पामा शिक्षा सुधारका लागि कुनै ठोस योजना ल्याइएको छैन। पठनपाठनमा विद्याथीहरु झन पछि झन कमजोर भइरहदा समेत के गर्ने भन्ने बारेमा स्थानीय तह, शिक्षक, अभिभावकले छलफलसमेत गर्ने गरेका छैनन्।

रोल्पामा यो वर्ष तीन हजार ५ सय ३१ विद्यार्र्थीले एसइई दिएकोमा दुई हजार एक सय ९८ जनाले ग्रेड वृृद्धिको परीक्षा दिदै छन्। एक हजार ३ सय ३३ लाई पुरक परीक्षामा सहभागिता जनाउन नपरे पनि उनिहरुको पनि ग्रेड गतिलो छैन। जिल्ला भरमा प्राविधिक तर्फ २ र साधारण तर्फ १ जनाले मात्र ए प्लस ल्याएका थिए।

प्रकाशित: ६ भाद्र २०७६ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App