coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जोखिमपूर्ण अवस्थाका नौ बालबालिकाको उद्धार

काठमाडौँ- नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ।     

राष्ट्रिय बालअधिकार परिषद्को नेतृत्वमा महानगरीय प्रहरी वृत्त स्वयम्भू, बालबालिका खोजतलास केन्द्र, वडा कार्यालय, बालहेल्पलाइन तथा स्थानीय प्रतिनिधिको समन्वय र सहकार्यमा ‘नमूना प्रगतिशील महिला समाज र युवा सामुदायिक सेवा केन्द्र’ द्वारा सो घरमा जोखिमपूर्ण अवस्थामा राखिएका बालबालिकाको उद्धार गरिएको परिषद्का कार्यक्रम व्यवस्थापक नमूना भुसालले जानकारी दिए।     

पाँचदेखि ११ वर्ष उमेर समूहका ती बालबालिकामध्ये बर्दियाका चार, कालीकोटका चार र कैलालीका एक रहेका छन्। उक्त संस्थाले आवासीय बालगृहको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०६९ मा भएको व्यवस्था विपरीत उचित खानपान, आवास तथा शिक्षा र संरक्षणको प्रबन्ध नगरेको पाइएकाले बालबालिकाको उद्धार गरिएको परिषद्ले जनाएको छ।     

हाल बालबालिकाको अल्पकालीन संरक्षणको व्यवस्था गरिएको छ। उक्त संस्थाका सञ्चालक तथा संलग्न व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।रासस   
 

प्रकाशित: ६ भाद्र २०७६ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App