coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

दासढुंगा सिक्वेललाई इजाजतको उकालो

काठमाडौं – प्रस्तावित ‘चलचित्र ऐन, २०७६’ माथि सुझाव संकलन गरिरहेको चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजतमा कडाइ गरेको छ। १० वर्षअघि बनेको ‘दासढुंगा’ फिल्मको सिक्वेल ‘दासढुंगा २’ लाई चलचित्र विकास बोर्डले फिल्म निर्माणको इजाजत दिएको छैन्।

तत्कालीन नेकपा एमाले महासचिव मदन भण्डारी र जिवराज आश्रितको दासढुंगामा भएको जिप दुर्घटनामा केन्द्रित राजनीतिक पृष्ठभूमिमा आधारित सो फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण अनुमति नपाउँदा सुटिङ सुरु हुन नसकेको जानकारी निर्देशक कुमार भट्टराईले दिएका छन्।

‘तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितको २०५० जेठ ३ मा चितवनको दासढुंगामा भएको जिप दुर्घटनाको कथा समेटिएको ‘दासढुंगा २’ फिल्मले निर्माण अनुमति पाउन नसक्दा सुटिङमा जान सकेका छैनौं,’उनले गुनासो गरे, ‘बोर्डमा फिल्म दर्ता भएको कम्तीमा दुई दिनमा इजाजत पत्र पाइन्थ्यो। तीन महिनादेखि हामी इजाजत पत्रका लागि बोर्ड धाइरहेका छौं। बोर्ड अध्यक्ष केशव भट्टराईले कथाका विषयमा प्रतिक्रिया लिन फिल्मको डकुमेन्ट मदन भण्डारी प्रतिष्ठान पठाएको जानकारी गराएका थिए। प्रतिष्ठान सकारात्मक नभएको भन्दै बोर्डले फिल्म निर्माणको अनुमति नदिँदा हामी अन्यौलमा परेका छौं।’केही समयअघि प्रतिष्ठान पुगेर त्यहाँको सदस्यहरूसँग उनले फिल्मबारे कुराकानी समेत गरेका थिए।

‘यो फिल्म ‘दासढुंगा’को सिक्वेल भएकाले २६ वर्ष अगाडि तत्कालीन एमालेले रहस्यमय हत्या भनेर गरेको चित्रण कथावस्तु समावेश गरिएको छ। सरकारी छानबिन आयोगले दुर्घटना भनेपनि प्रतिवेदन लुकाइयो। अहिले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी पत्नी विद्या राष्ट्रपति हुँदा रहस्यमय भनिएको घटनाको विषयमा अनुसन्धान गरेर सत्यतथ्य बाहिर आउनुपर्ने भ्वाईसओभर ‘दासढुंगा २’ मा राखेका थियौं,’

‘यो फिल्म ‘दासढुंगा’को सिक्वेल भएकाले २६ वर्ष अगाडि तत्कालीन एमालेले रहस्यमय हत्या भनेर गरेको चित्रण कथावस्तु समावेश गरिएको छ। सरकारी छानबिन आयोगले दुर्घटना भनेपनि प्रतिवेदन लुकाइयो। अहिले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी पत्नी विद्या राष्ट्रपति हुँदा रहस्यमय भनिएको घटनाको विषयमा अनुसन्धान गरेर सत्यतथ्य बाहिर आउनुपर्ने भ्वाईसओभर ‘दासढुंगा २’ मा राखेका थियौं,’ उनले भने, ‘तत्कालीन एमालेका नेता जिवराज आश्रित प्रतिष्ठानले केही सोधेको छैन्।’ मदन–आश्रित स्मृति दिवस सो घटनाको अनुसन्धानप्रतिबद्धता नेताहरू गरेपनि अनुसन्धानको पहल कसैले नगरेको दाबी उनले गरे। उनले बोर्ड अध्यक्षसँग पटक–पटक भेट्ने प्रयास गर्दासमय नदिएको बताए। भदौको दोस्रो साताबाट सुटिङ सुरु हुनुपर्ने फिल्म तीन महिनादेखि इजाजत अनुमति पत्रको लागि दौडदूप गरिरहेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईका अनुसार तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीमाथि फिल्म बनाउनुअघि सम्बन्धितको परिवारबाट अनुमति लिनुपर्ने भएकाले ‘दासढुंगा २’ को डेढ पेजको वान लाइन प्रतिष्ठान पठाएको जानकारी गराए। ‘फिल्म युनिटले डेढ पृष्ठको वान लाइन हामीलाई उपलब्ध गराएको थियो। कसैको जीवनीमाथि फिल्म बनाउनुअघि सम्बन्धितको परिवारबाट अनुमति लिनुपर्छ। फेरि वान लाइनमा उल्लेख गरिएका पात्रहरू सत्तामा रहेको हुँदा त्यही अनुसार कथासार बनाइएको रहेछ। मदन भण्डारीमाथि बनाउने फिल्मको बारेमा मदन भण्डारी प्रतिष्ठानलाई जानकारी गराएर अनुमति लिन बोर्डले पत्र लेखेर पठाएको हो। फिल्म युनिटले प्रतिष्ठानमा स्क्रिप्ट बुझाए भन्ने सुनियो। उताबाट कुनै प्रतिक्रिया नआएसम्म अनुमति दिन सकिन्न्,’उनले भने। कथासार विवादित भएकाले सम्बन्धित फिल्म बनाउनुअघि प्रतिष्ठानलाई जानकारी गराएको दाबी उनले गरे। प्रतिष्ठानबाट प्रतिक्रिया नआएसम्म तत्काल फिल्मले इजाजत पत्र नपाउने उनले बताए।

मदन भण्डारी प्रतिष्ठान अध्यक्ष राष्ट्रपति पुत्री उषा किरण भण्डारी हुन्। प्रतिष्ठानमा ‘दासढुंगा २’ फिल्मको डेढ पेजको वान लाइन चलचित्र विकास बोर्डले उपलब्ध गराएको जानकारी प्रतिष्ठानका सदस्य गुरु बरालले गराए। ‘बोर्डले ‘दासढुंगा २’ फिल्मको डेढ पृष्ठको डकुमेन्ट प्रतिष्ठानमा पठाएको थियो। डेढ पृष्ठ पढेर फिल्म कस्तो बन्छ भन्ने कुरा स्पस्ट हुन्न्। प्रतिष्ठानमा स्क्रिप्ट बुझाइयो भनेपनि अहिलेसम्म फिल्मको स्क्रिप्ट हामीले पाएका छैनौं। फिल्मको स्क्रिप्ट पढेपछि बाँकी छलफल गर्न सकिन्थ्यो,’ उनले भने, ‘यो विषयमा फिल्म बनाउनेलाई सम्मान गर्छौं। तर, विवाद मात्र फिल्ममा नआओस्।’

प्रकाशित: ६ भाद्र २०७६ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App