coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्योगमन्त्री यादवसँग चर्काचर्की

काठमाडौं – संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव र सांसदबीच चर्काचर्की भएको छ।

मन्त्री यादवले आफ्नो उपस्थितिमा मात्रै मन्त्रालय र त्यससँग सम्बन्धीत विषयको निर्णय गर्न संसदीय समितिलाई दबाब दिएपछि विवाद भएको हो। मन्त्री यादवले आफ्नो अनुपस्थितिमा आफ्नो मन्त्रालय मातहका विषयमा निर्णय नगर्न समितिका सभापति विमल श्रीवास्तवलाई चेतावनी दिएपछि सांसदले आपत्ति जनाए।

सभापति श्रीवास्तवले सम्बन्धित विषयमा सरोकार राख्ने पक्षसँग छलफल, राय, सुझाव लिए पनि निर्णय गर्दा मन्त्री नै राख्नुपर्ने प्रावधान नरहेको बताएपछि मन्त्री यादव आक्रोशित बनेका थिए। मन्त्रीको आवश्यकता नपर्ने भए म किन बस्ने ? भन्दै उनी बैठक छोडेर बाहिरिन खोजेपछि केही बेर स्थिति असहज बनेको थियो। समिति सदस्यको आग्रहमा ढोकाबाट फर्किएका मन्त्री यादवले मिडियाप्रति पनि आक्रोश पोखेका थिए।

औद्योगिक व्यवसायसम्बन्धी विधेयकमा छलफलका लागि बसेको बैठक सुरुदेखि नै तनावपूर्ण बनेपछि समिति सदस्यहरुले समितिको संवैधानिक अधिकार, संसदीय पद्धति, क्षेत्राधिकार लगायतबारे आवयक ज्ञान राख्न मन्त्रीलाई सुझाएका थिए। समितिको क्षेत्राधिकारका विषयमा चर्काचर्की भएपछि बैठक निर्धारित विषयवस्तुमा प्रवेशै नगरी शुक्रबार बस्ने गरी स्थगित भएको छ।

प्रकाशित: ६ भाद्र २०७६ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App