८ वैशाख २०८१ शनिबार
खेल

रोहितको कप्तानीमा यु–१९ टोली

काठमाडौ – श्रीलंकामा भदौ तेस्रो साताबाट सुरु हुने एसिसी यु–१९ एसिया कप २०१९ का लागि रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ। पौडेलको कप्तानीमा बिहीबार १५ सदस्यीय टोलीको घोषणा गरिएको हो।

१५ सदस्यीय टोलीमा सन्दीप जोरा र सूर्य तामाङले पुनरागमन गर्दा मलेसियामा आयोजना भएको यु–१९ इस्टर्न रिजन खेलेका तिलकराज भण्डारी र विशालविक्रम केसी भने टोलीबाट बाहिरिएका छन्। प्रतियोगिता भदौ १९ बाट भदौ २८ सम्म हुनेछ। समूह ‘ए’ मा रहेको नेपालले आयोजक श्रीलंका,बंगलादेश र युएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ मा भारत, अफगानिस्तान, कुवेत र पाकिस्तान छन्।

नेपालले पहिलो खेलमा भदौ २० मा आयोजक श्रीलंकासँग खेल्नेछ । नेपालले भदौ २२ मा बंगलादेशसँग दोस्रो खेल खेल्नेछ भने अन्तिम खेलमा भदौ २४ मा युएईसँग खेल्नेछ। दुवै समूहको शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपाल गत महिना मलेसियामा सम्पन्न यु–१९ इस्टर्न रिजनको विजेताका रूपमा प्रतियोगिताका लागि छनोट भएको थियो। नेपालले सो प्रतियोगितमा हङकङलाई ६ विकेटले हराएको थियो। नेपाल शनिबार श्रीलंका प्रस्थान गर्नेछ। जहाँ टोलीले केही अभ्यास खेल खेल्नेछ।

प्रकाशित: ६ भाद्र २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App