coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेइमारको सरुवा थप अन्योलमा

पेरिस – पेरिस सेन्ट जर्मन (पिएसजी)का ब्राजिली स्ट्राइकर नेइमारको सरुवा प्रक्रिया थप अन्योलमा परेको छ। पिएसजीले स्पेनिस क्लब रियाल मड्रिडले नेइमारका लागि गरेको १ सय मिलियन युरोका साथ अन्य खेलाडी फ्रान्स पठाउने प्रस्ताव अस्वीकृत गरेको हो।

फ्रान्सेली खेलकुद दैनिक एल इक्युप्लेले पिएजीसामु रियालले रकमका साथै गारेथ बेल, हामेस रोड्रिग्वेज र गोलकिपर केलोर नाभास पेरिस पठाउने प्रस्ताव गरेको थियो। तर पिएसजीले भने रियालको प्रस्तावले आफ्नो माग पूरा नहुने भन्दै अस्वीकार गरेको हो।

२ वर्षअघि पिएसजीले नेइमारलाई विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा अनुबन्धन गरेको थियो। पिएसजीका खेलकुद निर्देशक लियोनार्डोले सोही मूल्यबराबरीको सम्झौतामा मात्र नेइमारलाई अन्यत्र पठाउन सकिने बताउँदै आएका छन्। रियालका प्रशिक्षक जिदानले पटकपटक बेललाई अन्यत्र पठाए दुवै पक्षका लागि राम्रो हुने बताउँदै आएका छन्। त्यस्तै रोड्रिग्वेज हालै मात्र बायर्नबाट फर्किएका हुन् भने नाभास अहिले टोलीको पहिलो रोजाइमा छैनन्।

नेइमारको पूर्वक्लब बार्सिलोनाले उनका लागि पिएसजीसामु १ करोड  युरोका साथै फिलिप कौटिन्होलाई पिएसजी पठाउने प्रस्ताव गरेको थियो। पिएसजीले भने रियालसँग भिनिसियोस जुनियरलाई आफ्नो क्लबमा पठाउन प्र्रस्ताव गरेको थियो। यद्यपि नेइमारको विषयमा बार्सिलोनासँग अनुबन्धन प्रक्रिया रद्द गरे पनि पिएसजीले रियालसँग उनको सरुवाका बारेमा अझै छलफल गर्न तयार रहेको जनाएको थियो।

पिएसजी गएसँगै असन्तुष्ट नेइमारले विगत केही महिनादेखि स्पेन फर्किन चाहेको अभिव्यक्ति दिँदै आएका छन्। तर कुन क्लब जाने भन्नेमा अनिश्चित नै छ। नेइमारलाई भित्र्याउन दुई स्पेनिस महारथी रियाल मड्रिड र बार्सिलोना गृहकार्यमा छन्। अहिलेसम्म कुनै निचोड निस्किएको छैन। ब्राजिलियन स्ट्राइकर नेइमारले चोटका कारण मे महिनाको अन्त्यदेखि पिएसजीबाट कुनै खेल खेलेका छैनन्।

प्रकाशित: ६ भाद्र २०७६ ०३:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App