coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिटबारे जनसन र म्याक्रोंबीच कुराकानी

पेरिस – बेलायतको युरोपेली संघ (इयू)बाट हुने बहिर्गमन (ब्रेक्जिट)बारे बेलायती प्रधानमन्त्री  बोरिस जनसन र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंबीच कुराकानी भएको छ। ब्रेक्जिट वार्ताबारे छलफल गर्न बेलायती प्रधानमन्त्री जनसन फ्रान्सको राजधानी पेरिसमा रहेका छन्।

दुई नेताबीचको कुराकानीमा बेलायतका प्रधानमन्त्री जनसनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंसँग बेलायतलाई युरोपेली संघ (इयू) बाट सम्झौतासहित बहिर्गमन गराउन चाहेको बताएका छन्। जनसनले यस सम्बन्धमा जर्मन चान्सलर एन्जिला मर्केलसँगसमेत कुराकानी गरेको र उनको कुराबाट आफू निकै ‘उत्साहित’ बनेको पनि बताएका छन्। ‘म प्रष्ट पार्न चाहन्छु कि बेलायत सम्झौता चाहन्छ। हामीले सम्झौता गर्न सक्छौँ तर यो सही सम्झौता हुनुपर्छ,’ जनसनले बताए।

म्याक्राेंले बेलायती प्रधानमन्त्रीसँगको भेटमा बेलायतको इयूबाट हुने बहिर्गमनका लागि अबको एक महिना ‘उपयोगी’ वार्ता गर्न आग्रह गरेका थिए भने त्यस पहिले जनसन र मर्केलबीच कुराकानी भएको थियो। ‘एक महिना (३० दिन) को समयमा ‘केही विवेकी समझदारी’ बनाउन सम्भव छ। त्यसैले यो समयलाई ‘उपयोगी’ महिना बनाउन प्रयास गर्नुपर्छ,’ जनसनसँगको कुराकानीमा फ्रान्सेली राष्ट्रपति म्याक्रोंले बताए। ‘यस्तो सम्झौता यस पहिले गरिएका वार्ताभन्दा ‘आधारभूतरूपमा टाढा’ हुनुहुँदैन,’ अलिकति फरक मत राख्दै उनले बताए।

जनसनले म्याक्रोंको पछिल्लो भनाइप्रति प्रतिक्रिया दिँदै भने, ‘ब्रेक्जिट वार्तामा समस्या देखिएको आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमानाको नियन्त्रणलाई खुकुलो पार्न सम्झौताका लागि प्राविधिक समाधान ‘स्वत उपलब्ध’ छन्। सोबारे लामो समय बहस तथा छलफल भएको छ।’ ‘हामीले यसमा व्यापारीको योजनालाई मान्न सक्छौँ। राजश्वको पूर्व–भुक्तानीलाई अपनाउन पनि सकिन्छ,’ जनसनले बताए।

पेरिसमा म्याक्रोंसँग गरेको कुराकानीमा उनले युरोपेली संघबाट बेलायतको बहिर्गमन सम्मानजनक हुनुपर्नेमा समेत जोड दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: ६ भाद्र २०७६ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App