सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने माग

बिहिबार, ०५ भदौ २०७६, १७ : ४६ नागरिक

काठमाडौँ- सङ्घीय संसद, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद सरिता गिरीले पछिल्लो समयमा सडक दुर्घटना झन झन बढ्दै गएको भन्दै त्यसबारेमा अध्ययन गरेर न्यूनीकरण गर्न आग्रह गरेकी छन्।

सांसद महेन्द्रराय यादवले यही साउन २३ गते राति धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा परी २५ जना बेपत्ता हुँदासमेत सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै आपत्ति जनाएका छन्। सांसद मीना पाण्डेले देशको विभिन्न स्थानमा बढिरहेको सडक दुर्घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। सांसद यशोधा गुरुङ सुवेदीले मनाङ जिल्लामा आएको पहिरोका कारण यातायात अवरुद्ध भएको भन्दै सरकारको ध्यानाकषर्ण गराएकी हुन्।

सांसद यज्ञबहादुर बोगटीले अछाम जिल्लाको विभिन्न स्थानमा भएको चट्याङबाट आठ जना गम्भीर घाइते भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले अछाममा रहेको पुरानो दरबारको पुनःनिर्माण जतिसक्दो चाँडो होस् समेत भनेका छन्। सांसद रेणुका गुरुङले बाध र सीमा विवादबारे भारतसँग छलफलबाट समस्याको समाधान गर्नुपर्ने माग गरेकी छन्।

सांसद प्रेम सुवालले भक्तपुर क्यान्सर अस्पतालमा भएको व्यवस्थापन परिवर्तन भए पनि सेवामा कुनै परिवर्तन नभएको प्रष्ट पारेका छन्। सांसद डिला सङ्ग्रौला पन्तले सरकारले सरकारी सञ्चारमाध्यमलाई कार्यकर्ता भर्ना गर्ने केन्द्र बनाएको आरोप लगाएकी छन्। सांसद शेरबहादुर तामाङ र महेश बस्नेतले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।रासस   
   

 








यसमा तपाईको मत

अन्य समाचार

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

कतार एयरवेजले  ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले ए डिभिजन शहीद स्मारक लिगको प्रायोजन गर्ने

कतार एयरवेजले अखिल नेपाल फुटबल संघ (एनफा) सँग साझेदारी गर्ने भएको छ । ...

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइएमई जनरल इन्स्योरेन्स सम्मानित

आइमएमई जनरल इन्स्योरेन्स एसियाज मस्ट ट्रस्टेड कम्पनी अवार्ड २०१९ बाट सम्मानित भएको छ । ...

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

‘भिबोन’ ब्रान्डका कुर्सी नेपालमा

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको संस्था बिआइएफएमएबाट इर्गाेनोमिक्स प्रमाणित गरेको भारत तथा सिंगापुरस्थित ब्लुबेल इर्गाेनोमिक्सको ‘भिबोन’ ब्रान्डका कुर्सी अब नेपालमा उपलब्ध हुने भएका...

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

Ncell Footer Ad