बाबुरामलाई नेकपा सांसदको व्यंग्यः विहेपछि प्रेमीभन्दा पतिसँग बसेको राम्रो !

बिहिबार, ०५ भदौ २०७६, १५ : २६ नागरिक संवाददाता

काठमाडौं– विहीबारको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई सत्तारुढ दलको सीटमा बसे। सभामुख कृष्णबहादुर महराले निर्वाचन आयोगले पठाएको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता भएको पत्र पढेर सुनाएपछि बाबुराम स्वतन्त्र सांसद बस्ने सीटबाट सत्तारुढ सांसदको सीटमा स्थानान्तरण भए। 

नयाँ शक्ति पार्टीले राष्ट्रिय दलको मान्यता पाउन नसकेपछि बाबुराम प्रतिनिधिसभामा स्वतन्त्र सांसदको हैसियतमा थिए। यहीँ बीचमा उपेन्द्र यादव नेतृत्वको फोरम र नयाँ शक्तिबीच पार्टी एकता भएर समाजवादी पार्टी बन्यो। तर, निर्वाचन आयोगबाट औपचारिक पत्र नआएको भन्दै बाबुराम स्वतन्त्र सांसदको सीटमै बस्दै आएका थिए। आज औचापरिक रुपमा पत्र आएपछि बाबुराम सत्तारुढ सांसदको लहरमा बसेका हुन्। उनको एकीकृत पार्टीबाट सरकारमा अध्यक्ष उपेन्द्र यादव र इस्तियाक राई मन्त्री छन्। 

बाबुराम अप्ठ्यारो मानेर सत्तारुढ सांसदको लहरमा सर्दा नेकपाका सांसद विरोध खतिवडाले व्यंग्यसहित धन्यवाद व्यक्त गरे। उनले विहे भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो भन्दै व्यंग्य गरे। 

खतिवडाले यसअघि पार्टी एक भइसकेपछि बाबुराम स्वतन्त्र एवं प्रतिपक्षी सीटमा बसेको भन्दै असन्तुष्टि जनाएका थिए। उनले भट्टराई बस्ने सिट सही हो भनी प्रश्न समेत उठाएका थिए। अहिले आफूले उठाएको प्रश्न सम्बोधन भएपछि सांसद खतिवडाले सभामुखलाई धन्यवाद दिए। 

खतिवडाले भने, ‘यो संसद नियमावलीको कुरा मात्र होइन नेपाली संस्कार पनि छ। विवाह भएपछि प्रेमीसँग भन्दा पतिसँग बसेको राम्रो, माइती बसेको भन्दा घरमा बसेकै राम्रो हुन्छ। सुरु सुरुमा लाज लाग्छ पछि हट्दै जान्छ।’








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad