त्रिवि भिजन उपलब्धि: उपकुलपति खनियाँ

बिहिबार, ०५ भदौ २०७६, १५ : २७ नागरिक

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनियाँले आफ्नो चारवर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै चुनौतीकाबीच त्रिविको दशवर्षे रणनीतिपत्रसमेत तर्जुमा गरेको बताएका छन्। उनको कार्यकाल भोलि शुक्रबारदेखि सकिदैछ।     

त्रिविले राष्ट्रिय सम्मेलन गरी ‘त्रिवि भिजन २०२०–२०३०’ जारी गरेको थियो। डा. खनियाँले जारी गरेको विज्ञप्तिमा भूकम्पले अधिकांश भौतिक संरचना ध्वस्त बनाएको र अस्थायी शिक्षक आन्दोलनमा रहेका समस्यामा आफूले जिम्मेवारी लिएको र हाल पुनःनिर्माण र शिक्षक व्यवस्थापनका कार्य सम्पन्न भएको जिकिर गरे। डा. खनियाँ २०७२ भदौ ७ गते नियुक्त भएका थिए।

त्रिविलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न त्रिवि गुणस्तर प्रमाणीकरण तथा प्रत्यायन केन्द्र स्थापना गरी क्याम्पस तथा केन्द्रीय विभागलाई केन्द्रको प्रमाणपत्र लिने प्रावधान राखिएको तथा केन्द्रीय क्याम्पस, कीर्तिपुरमा मात्र लागु गरिएको स्नातकोत्तर तहको सेमेस्टर प्रणाली उपत्यका हुँदै मुलुकभरका क्याम्पसमा विस्तार गरिएको उनले जानकारी दिए।     

आफ्नो कार्यकालमा परीक्षालाई व्यवस्थित गर्न परीक्षा नियन्त्रण कार्यालयमा नयाँ सफ्टवयर प्रयोगमा ल्याई तीनदेखि पाँच महीनाभित्रै नतिजा प्रकाशन गर्ने तथा व्यवस्थापन सङ्काय अन्तर्गत डीनको कार्यालयबाट सञ्चालित परीक्षाको साढे दुई महीनामा नै नतिजा प्रकाशन गर्ने र ट्रान्सक्रिप्ट २४ घण्टाभित्र दिने प्रक्रिया शुरु भएको खनियाँको भनाइ छ।     

यस अवधिमा त्रिवि ‘टाइम्स हाइयर एजुकेसन’ ले गरेको विश्वविद्यालयस्तर निर्धारणमा संसारभरिका २५ हजारमध्ये त्रिवि आठ सय एकदेखि एक हजारसम्म र एशियाका २ सय ५१ देखि तीन सय विश्वविद्यालयमा पर्न सफल भएको छ।     

पछिल्लो समयमा त्रिविको लोकसेवा आयोग र परीक्षा नियन्त्रण कार्यालयमा भएका अनियमितताका सम्बन्धमा भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ।     

‘सर्च कमिटी’ अवधि थपियो     
यसैबीच नयाँ उपकुलपति चयनका लागि गठित ‘सर्च कमिटी’ को बैठक आज बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफारिश गर्ने तयारी गरेपनि ठोस निर्णय हुन सकेन। उक्त कमिटीको कार्यावधि यही भदौ २० गतेसम्मका लागि थप भएको छ।रासस

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad