सिरहाका दुई स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्

बिहिबार, ०५ भदौ २०७६, १४ : ५९ नागरिक

लहान- चालू आर्थिक वर्षअनुसार काम शुरु भएको एक महिना बितिसक्दा पनि सिरहाका दुई स्थानीय तहले अझैसम्म वार्षिक बजेट सार्वजनिक गरेका छैनन्।अन्तरसरकारी वित्त व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १० असारभित्रै अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने व्यस्था भए पनि तोकिएको अवधिभन्दा दुई महीना नाघ्दासमेत सिरहाको औरही गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट सार्वजनिक गर्न असफल भएका हुन्।     

गत असार र साउनमा भएको वर्षा र त्यससँगै आएको बाढीका कारण आफ्नो नगरपालिका क्षेत्र डुवानमा पर्दा राहत तथा उद्धारमै जुट्नुपरेकाले निर्धारित समयमा बजेट सार्वजनिक गर्न नसकिएको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले जानकारी दिए। ढिलैभए पनि गत साउनको २५ गते नगरसभाबाट आर्थिक वर्ष ०७६÷०७७ को बजेट पारित गरिए पनि नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नआउँदा मन्त्रालयमा बजेटबारे जानकारी गराउन नसकिएको उनको भनाइ थियो।     
यस्तै आन्तरिक विवादका कारण हालसम्म गाउँसभाबाट बजेट सार्वजनिक गर्न नसकिएको औरही गाउँपालिकाका अध्यक्ष सिद्धार्थ यादवले जानकारी दिए। वडाध्यक्षहरू तथा उपाध्यक्षले विभिन्न विषयमा विवाद गर्दै आएकाले समयमै बजेट ल्याउन नसकिएको स्वीकार्दै बजेट ल्याउने प्रयास भइरहेको उनले बताए।     
     
कानून अनुसार सम्बन्धित गाउँ र नगरसभामा बजेट पेश भई स्वीकृत नभएसम्म स्थानीय तहले बजेट खर्च गर्न नपाउने भए पनि ती स्थानीय तहले अझै बजेट सार्वजनिक नगर्दा विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नसकिरहेको कर्मचारी बताउँछन्।बजेट ल्याउन असफल स्थानीय सरकारले तलबभत्ताका लागि पेस्की बजेट खर्च गर्नसक्ने भए पनि विकास निर्माण तथा ठूला कार्यक्रममा रकम खर्च गर्न नपाउने कानूनी व्यवस्था छ।रासस    
   

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad