coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

आरजुलाई लिटिल आइकन उपाधि

काठमाडौं- नेपाल्स लिटिल आइकन २०१६  मा ८ देखि १२ वर्ष उमेर समूहका बालिकाबाट आरजु बस्नेत बेस्ट स्पिचसहित विजयी भएकी छिन्। प्रतियोगितामा १३ देखि १५ वर्षका किशोरीतर्फ चाहिँ कृपा घिमिरे दर्शक छनोटका साथ विजयी भएकी छिन्

त्यस्तै १३ देखि १५ वर्ष उमेर समूहका किशोरमा नेपाल मस्ट पपुलर र बेस्ट आर्टवर्क टाइटलसहित विजयी भएका छन्। ८ देखि १२ वर्ष उमेर समूहमा बालिकातर्फ सामना सापकोटा फस्ट रनर्सअप, प्रजिना घिमिरे सेकन्ड रनर्सअप, रक्षिका सापकोटा थर्ड रनर्सअप र रुस्ताना लामा फोर्थ रनर्सअप भए।

त्यसै गरी १३ देखि १५ वर्षका किशोरीमध्ये प्रतिष्ठा देवकोटा फस्ट रनर्सअप, यासिमा गुरुङ सेकन्ड रनर्सअप, सुभद्रा फुयाल थर्ड रनर्सअप र आर्या सिंह फोर्थ रनर्सअप भए।

त्यस्तै १३ देखि १५ वर्षसम्मका किशोरमा सौगात सापकोटा फस्ट रनर्सअप, रिक्की रानामगर सेकन्ड रनर्सअप, युनिस खतिवडा थर्ड रनर्सअप र दावा डुक्पा शेर्पा फोर्थ रनर्सअप भए।

अश्वीनी झाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्की, टेलिभिजन व्यवसायी सुमित जंगबहादुर राणा, सञ्चारकर्मी सरोज प्याकुरेल, सुर्य चन्द र गीता अधिकारी निर्णायक रहेका थिए।

प्रकाशित: २९ कार्तिक २०७३ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App