मुख्यमन्त्रीद्वारा साइकल वितरण

बिहिबार, ०५ भदौ २०७६, १४ : ०७ नागरिक

धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेको बताएका छन्। मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत धनुषाको बटेश्वर गाउँपालिकास्थित शिवशक्ति नमूना माविमा आज आयोजित साइकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले समग्र विकासको मूल आधार नारी सशक्तीकरण रहेको बताए।     

उनले भने, “प्रदेशको समृद्धिका लागि सामाजिक रुपान्तरण र सामाजिक रुपान्तरणका लागि नारी सशक्तीकरण आवश्यक रहेकाले नै प्रदेश सरकारले बेटी पढाऊ बेटी बचाऊ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमा, साइकल वितरण जस्ता कार्यक्रमहरु अघि सारेको छ।”     

प्रदेश सरकारले छोरीहरुलाई शिक्षित मात्र नभई रोजगारी दिने ग्यारेन्टीसमेत गरेको उनको कथन थियो। कार्यक्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, समाजवादी पार्टीका नेता महाजन यादव, बटेश्वर गापाका अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीसहितका वक्ताहरुले कार्यक्रमको प्रशंसा गर्दै सरकारको अभियानमा हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन्।     

विद्यालयका कक्षा ८ मा अध्ययनरत ९५ जना छात्रालाई मुख्यमन्त्री राउतले साइकल हस्तान्तरण गरेका हुन्।रासस  
 

 







यसमा तपाईको मत

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad