८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एक भारतीयको मृत्यु

रौतहट- रौतहटको लालबकैया खोलाको बाँधमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान भएको छ। मध्यमाञ्चल क्षेत्रीय कार्यालयबाट खटिएका प्रहरीमाथि आज बिहान अज्ञात समूहले गोली चलाएको थियो। लगत्तै प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो।

प्रहरीको जवाफी फारिङमा परी  भारत पूर्वी चम्पारन ढाका जिल्ला  काेरैया ग्रामपञ्चायत नाैखान टाेलका करिव ४४ वर्षीय तेजीलाल साहकाे मृत्यु भएकाे छ। उनकाे उपचारका क्रममा मृत्यु भएको हाे। यता एक जना प्रहरी जवान सुरेन्द्र चौधरी पनि घाइते भएका छन्। उनको खुट्टामा गोलीको छर्रा लागेको बताइएको छ। उनको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए। उनलाइ थप उपचारकालागि मकवानपुरकाे चुरियाहिल अस्पतालमा पठाइएकाे प्रहरीले जनाएकाे छ।

अज्ञात समूहले छाडेर भागेको हतियार र केही दस्तावेज वरामद भएको पासवानले जानकारी दिए। जसमा एउटा इन्सास राइफल, इटालियन पेस्तोल र एक थान कटुवा पेस्तोल रहको उनले बताए। 

मृतक ब्यक्तिको पहिचान खुल्न नसकेकाले अनुसन्धानमा कठीनाई भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीका अनुसार सबै नाकाहरुलाई प्रहरी अलर्ट गरिएको छ।

 

प्रकाशित: २९ कार्तिक २०७३ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App