coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पले भ्रमण स्थगित गरेपछि डेनमार्क अचम्मित

कोपनहेगन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डको भविष्यलाई लिएर कोपनहेगन भ्रमण रद्द गरेकोमा आफूलाई रिस उठेको र छक्क परेको डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिकेसेनले बताएकी छन्।

‘ट्रम्प भ्रमणको विषयमा हाम्रो तयारी भइरहेको थियो,’ प्रधानमन्त्री फ्रेडरिकेसेनले भनिन्। अमेरिकी राष्ट्रपतिलाई भेट्न आफू आतुर रहेको पनि उनले बताएकी छन्।
स्वायत्त डेनिस क्षेत्रमा पर्ने ग्रीनल्यान्ड टापु ‘बिक्रीका लागि नभएको’ पनि प्रधानमन्त्री फ्रेडरिकसेनले दोहो¥याएकी छन्।

डेनमार्ककी महारानी मार्ग्रेथ द्धितीयाको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर २ देखि दुई दिने डेनमार्कको भ्रमण गर्ने कार्यतालिका रहेको थियो। तर गत साता राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासन ग्रीनल्यान्ड किन्न इच्छुक रहेको बताएपछि कोपनहेगन र वासिङ्टनबीच समस्या उत्पन्न भएको थियो।
ग्रीनल्यान्ड किन्नेबारे ट्रम्प अभिव्यक्तिलाई डेनमार्ककी प्रधानमन्त्री फ्रेडरिकसेनले ‘बेतुक’ भनेर वर्णन गरेकी थिइन्।

डेनमार्ककी महारानी मार्ग्रेथ द्धितीयाको निमन्त्रणामा अमेरिकी राष्ट्रपति ट्रम्पले आउँदो सेप्टेम्बर २ देखि दुई दिने डेनमार्कको भ्रमण गर्ने कार्यतालिका रहेको थियो। तर गत साता राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासन ग्रीनल्यान्ड किन्न इच्छुक रहेको बताएपछि कोपनहेगन र वासिङ्टनबीच समस्या उत्पन्न भएको थियो।

डेनमार्क प्रधानमन्त्रीको भनाइ के छ ?
संचारकर्मीलाई उपलब्ध गराइएको एउटा विज्ञप्तिमा फ्रेडरिकसेन ग्रीनल्यान्ड टापु बेच्नेबारेको सम्भावना ‘प्रस्ट रूपमा अस्वीकार गरिएको’ बताएकी छन्। उनले ग्रीनल्यान्डका नेता किम केइलसेनले टापु बेच्न प्रस्ट रूपमा अस्वीकार गरेको बताउँदै आफ्नो पनि सोही धारणा रहेको बताएकी छन्।

ग्रीनल्यान्डको विषयमा असहमति भए पनि संयुक्त राज्य अमेरिका डेनमार्कको नजिकको साझेदार रहेको र राष्ट्रपति ट्रम्पको दुई दिने भ्रमण ‘अमेरिकासँग डेनमार्कको नजिकको सम्बन्धलाई उत्सवका रूपमा मनाउने अवसरका रूपमा भएको’ प्रधानमन्त्री फ्रेडरिकसेनले बताइन्।

‘ग्रीनल्यान्डको विषयले दुई देशबीचको सम्बन्धमा कुनै असर पर्दैन र हामीले भोगिरहेका समस्याको समाधानका लागि के कसरी अघि बढ्न सकिन्छ भनेर वार्तालाई निरन्तरता दिइने छ,’ उनले बताइन्। अमेरिकी राष्ट्रपति ट्रम्पले डेनमार्कको भ्रमण रद्द गरे पनि कोपनहेगन उनलाई स्वागत गर्न जहिले पनि तयार रहेको बताइन्।

‘पछिल्लो घटनाक्रमले संयुक्त राज्य अमेरिका, डेनमार्क, ग्रीनल्यान्ड र फारो टापुहरुबीच थप सहकार्य रहेको आवश्यकताबोध भएको छ,’ प्रधानमन्त्री फ्रेडरिकसेनले बताइन्। डेनमार्कलाई ‘धेरै विशेष राष्ट्र’ भन्दै प्रशंसा गरेका ट्रम्पले गत मंगलबार एउटा ट्विट गर्दै फ्रेडरिकसेनले ग्रीनल्यान्ड बेच्नेबारे कुनै इच्छा नदेखाएकाले आफूले तय गरेको डेनमार्क भ्रमण अघि बढ्न नसक्ने बताएका थिए।

ट्रम्पले ग्रीनल्यान्ड किन्ने इच्छा देखाएको बारेको विवरण केही समयअघि नै पुष्टि भएका थियो। यसैबारे केही पत्रकारले गत आइतबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई ग्रीनल्यान्डका लागि अमेरिकाको कुनै टापु बेच्नेबारे उनले सोच्न सक्छन् भनेर गरेको प्रश्नमा उनले ‘यस विषयका थुप्रै काम गर्न सकिने बताएका थिए।’

‘पक्कै पनि यो विषय ठूलो रियल स्टेट सम्झौता हो,’ उनले बताएका थिए। भोलपल्ट सोमबार उनले सामाजिक सञ्जालमा फेरि सो टापुस्थित एउटा सानो गाउँमा रहेका साना घरहरुका बीचमा ठूलो सुनौलो गगनचुम्बी महलको फोटो राखेका थिए।

प्रकाशित: ५ भाद्र २०७६ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App