८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मुसलधारे वर्षाका कारण चीनमा ८ को मृत्यु, २६ बेपत्ता

छेङ्दु – चीनको दक्षिण पश्चिमी क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार घटनामा परी अन्य २६ जना अझै बेपत्ता रहेकाले खोजी कार्य जारी छ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने सिचुवान प्रान्त र अबा तिब्बती तथा क्विङ स्वायत्त क्षेत्रमा मंगलबार मुसलधारे वर्षा भएको अधिकारीहरुले जनाएका छन्। बुधबार मध्याह्नमा पनि अत्यधिक वर्षा भएपछि सिर्जित प्राकृतिक प्रकोपबाट अन्य छ जना घाइते भएका छन् भने एक लाखभन्दा बढी विस्थापित भएका छन्।

विस्थापित भएकालाई आधारभूत सेवा सुविधाको व्यवस्थापन अत्यावश्यक भएको उद्धारकर्ताहरुले जनाएका छन्। प्रान्तीय आपत्कालीन व्यवस्थापन निकायले विस्थापितलाई हेलिकोप्टरबाट खानालगायतका अत्यावश्यक बस्तुहरु पु¥याइँदै गरेको जनाएको छ।  

अत्यधिक वर्षाले ३४ हजारभन्दा बढी पर्यटक पनि विस्थापित हुनु परेको छ। उनीहरु वेन्चाउ क्षेत्रमा अल्पत्र परेका छन्। तीमध्ये १३ हजारभन्दा बढी पर्यटक त बाटोमै फसेको अधिकारीहरुको भनाइ छ। स्थानीय अधिकारीहरुले अप्ठेरोमा परेका पर्यटकको उद्धार तथा व्यवस्थापनका लागि विषेश पहल गरिरहेको जनाएका छन्।   अत्यधिक वर्षाका कारण प्रभावित क्षेत्रमा खोजी तथा उद्धार र राहत वितरण कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्।

 

प्रकाशित: ५ भाद्र २०७६ ०६:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App