७ वैशाख २०८१ शुक्रबार
राजनीति

मधेसी मोर्चा सशंकित

काठमाडौं- मधेसी मोर्चासहितको संघीय गठबन्धनले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्ताव यही मसान्तभित्रै संसद्मा दर्ता गराउन  दबाब दिन सोमबार बिहान स्मरणपत्र बुझाउने भएको छ। संशोधन प्रस्तावमा सहमति जुटाउन भइरहेको अलमलबाट संशकित गठबन्धनले प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउन लागेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले मसान्तभित्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्। प्रतिबद्धता समयसीमाभित्र पूरा गर्न दबाब दिन गठबन्धनले स्मरणपत्र बुझाउन लागेको हो। 'प्रधानमन्त्रीज्यूले यही मसान्तसम्म संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गछर्ौं भन्नुभएको छ। प्रतिबद्धता समयभित्रै पूरा गर्नुहोस् भनेर हामीले स्ममरण  पत्र बुझाउन लागेका हौं', गठबन्धनको एक घटक संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने।

प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउनेबारे गठबन्धनका नेताले आइतबार अनौपचारिक कुराकानी गरे। छलफलमा नेताहरूले यही मसान्तभित्र संसद्मा संशोधन प्रस्ताव दर्ता हुनेमा शंका व्यक्त गरेका थिए। 'कात्तिक मसान्तभित्रै संविधान संशोधन प्रस्ताव संसद्मा ल्याइनेमा हामी सशंकित छौं। प्रस्ताव दर्ता नभए आन्दोलनको विकल्प छैन', राष्ट्रिय मधेस समाजवादी पार्टीका महासविच केशव झाले भने।

प्रधानमन्त्री दाहालले सहमति जुटाउन सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवा र एमालेका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्। सहमति जुटाई संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने तयारी प्रधानमन्त्रीको छ।

कांग्रेसनिकट स्रोतका अनुसार देउवा पोखराबाट काठमाडौं फर्केलगत्तै प्रधानमन्त्रीसँग वार्ता हुनेछ। देउवा सोमबारसम्म काठमाडौं फर्कने बताइएको छ। उनी तरुण दलको महाधिवेशनका लागि पोखरा गएका हुन्।

प्रकाशित: २९ कार्तिक २०७३ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App