७ वैशाख २०८१ शुक्रबार
खेल

बौद्ध र टिआइए फाइनलमा

काठमाडौं – आयोजक बौद्ध इन्टरनेसनल स्कुल र टिआइए बुधबार चौथो बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ फाइनलमा प्रवेश गरेका छन्।

बौद्धले रूपिजलाई ७३–५५ ले पराजित ग¥यो। बौद्धका अर्जुन क्षत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४० अंक जोडे। टिआइएले डिफेन्डिङ च्याम्पियन ड्याफोडिललाई ६९–५५ ले हरायो। टिआइएका सम्राट गुरुङले २६ स्कोर गरे।

सिनियर गल्र्समा रूपिज र द चाँदबागले उपाधि भिडन्त पक्का गरे। रूपिजले ड्याफोडिललाई ४९–४४ ले पाखा लगायो। रूपिजकी साइसा प्रधानले २० अंक जोडिन्। न्यु बुद्ध प्रकाशविरुद्धको खेलमा चाँदबाग ४१–२० ले विजयी भयो। चाँदबागकी सुर्मा थेबेले १७ स्कोर गरिन्। फाइनल बिहीबार हुनेछ।
 

प्रकाशित: ५ भाद्र २०७६ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App