तरुण दलमा ६० र ४० को खेल

सोमबार, २९ कार्तिक २०७३, ०७ : ५८ नागरिक

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको नयाँ नेतृत्व सर्वसम्मतिबाट चयनको गृहकार्यमा जुटेका छन्। पार्टीभित्र बिचौलिया हाबी भएको भन्दै नेता रामचन्द्र पौडेलले मिलेर पार्टी चलाउन सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेपछि तरुण दलको नयाँ नेतृत्व सहमतिमा टुंग्याउन लागिएको हो। 

दलको नयाँ नेतृत्वमा सभापति देउवा पक्षले अध्यक्षसहित ६० र पौडेल पक्षबाट महासचिवसहित ४० प्रतिशत सदस्य कार्यसमितिमा रहने गरी नेताहरू सहमति नजिक पुगेका छन्। 'पार्टीभित्र अन्य समूहलाई समेट्दा यो प्रतिशत केही तलमाथि भए पनि सहमतिकै आधारमा नयाँ नेतृत्व आउँछ,' गृहकार्यमा संलग्न एक नेताले भने, 'भोलि (सोमबार) सम्म सबै टुंगो लाग्छ।'

पार्टीको १३औं महाधिवेशनपछि देखिएको कृष्णप्रसाद सिटौला समूहलाई कोषाध्यक्षसहित दुई केन्द्रीय सदस्य दिने देउवा र पौडेल पक्षबीच समझदारी बनेको छ। तर, सिटौला पक्षले उपाध्यक्षसहित थप केही सदस्य माग गर्दै आएको स्रोतको दाबी छ। 'दुई नेता मिलेपछि उहाँहरू (सिटौला पक्ष) ले अहिले निर्वाचनको कुरा गर्न थाल्नुभएको छ,' निर्देशक समिति एक सदस्यले भने।

पोखरामा शनिबारदेखि सुरु दलको चौथो महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने कार्यक्रम भए पनि नेताहरू आइतबार रातिसम्म नयाँ कार्यसमितिको अन्तिम सूची बनाउन सक्रिय छन्। पार्टी निर्देशक समितिसहित  शीर्ष नेता सहमतिमा कार्यसमिति बनाउन छलफलमा छन्।

यसैबीच आन्तरिक विवादका कारण अधिवेशन हुन नसकेका भक्तपुर र सप्तरीबाहेक अन्य जिल्लाको महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छ। पार्टी निर्देशक समितिले शीर्ष नेताको समेत सहमतिमा ती जिल्लाको विवाद सहमतिका आधारमा टुंगो लगाएको हो। धादिङ, बझाङ, सर्लाही र धनुषासहितका जिल्ला अधिवेशन विवादित थिए।

भक्तपुर र सप्तरीमा अधिवेशनको प्रक्रिया सुरु नै नभएका कारण महाधिवेशनमा ती जिल्लालाई सहभागी नगराउने समझदारी निर्देशक समितिमा भएको हो। यसअघि दलको महाधिवेशन २०६१ सालमा भएको थियो।

दलको विधानअनुसार महाधिवेशनमा महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ। एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधानमा छ। त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन/तीन जना सहभागी हुने व्यवस्था छ। दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ। केन्द्रीय समिति सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोनलाई रातभर चार्ज गर्नु उचित कि अनुचित ?

स्मार्टफोन वा साधारण मोबाइल फोनको ब्याट्रीलाई रातभर वा १०० प्रतिशतभन्दा बढी चार्ज गर्न हुन्छ कि हुँदैन ? ...

कृष्णनगरमा नेपाल बैंक

कृष्णनगरमा नेपाल बैंक

नेपाल बैंक लिमिटेडले कृष्णनगर नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । ...

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सम्झौता

आइएमई ग्रुपअन्तर्गत सञ्चालित तथा आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्सबीच सेवासम्बन्धी सम्झौता भएको छ । ...

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति बैंक र रेमिट टूबीच सम्झौता

ज्योति विकास बैंकले रेमिट सेवाका लागि रेमिट टू नेपालसँग सम्झौता गरेको छ । ...

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् । ...

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

इँटा पोल्ने इटालियन प्रविधि नेपाल भित्रिँदै

भट्टामा काँचो इँटा पोल्न कोइला हाल्ने नयाँं प्रविधि नेपाल भित्रिने भएको छ। ...

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

नयाँ सामसङ आर सिरिज टिभि अब नेपालमा

सामसङले आर सिरिज अन्तर्गत नयाँ स्मार्ट टिभिहरु बजारमा प्रस्तुत गरेको छ। ...

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिका

यस लेखमा एन्ड्रोइड स्मार्टफोनमा स्टोरेज बचत गर्ने तरिकाको बारेमा चर्चा गरिएको छ ...

Ncell Footer Ad