७ वैशाख २०८१ शुक्रबार
खेल

‘रंगभेदी दुर्व्यवहारको बेवास्ता गरौं’

लन्डन – इङ्ल्यान्ड महिला फुटबल टोलीका मुख्य प्रशिक्षक फिल नेभिलले सामाजिक सञ्जालमा खेलाडीविरुद्ध भइरहेको रंगभेदी दुव्र्यवहारलाई बेवास्ता गर्नुपर्ने बताएका छन्।

इङ्लिस प्रिमियर लिगमा विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि उनीमाथि रंगभेदी टिप्पणी भएको थियो। प्रिमियर लिगमा सोमबार उल्भरह्याम्पटनसँगको खेलमा पोग्बाले पेनाल्टी अवसर गुमाएपछि युनाइटेड १–१ गोलको बराबरीमा रोकिँदा उनीप्रति समर्थकले रंगभेदी टिप्पणी गरेका थिए। सो टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको थियो। क्लबले सो व्यवहार निकै निन्दनीय भएको जनाएको थियो। गत संस्करणदेखि २६ वर्षे फ्रान्सेली स्टार पोग्बा चार पटक पेनाल्टीमा चुक्दा प्रिमियर लिगमै धेरै पेनाल्टी गुमाउने खेलाडीसमेत भए।

‘हामीले सामूहिक रूपमै यस्ता कुराहरूलाई प्राथमिकता दिनु हँुदैन। राष्ट्रिय टोलीका सदस्यदेखि प्रिमियर लिग र च्याम्पियसिप क्लबका खेलाडीहरूमाथि दिनप्रतिदिन यस्तो दुव्र्यवहार हँुदै आएको छ,’ नेभिलले भने, ‘यो कदम चाल्ने भनेकै हामी फुटबल समुदायले हो। हामीले ट्विटर र इन्स्ट्राग्रामलाई इमेल पठाउँदै यस विषयमा छानबिनको माग ग¥यांै भने उनीहरूले हुन्छ मात्र भन्छन् कुनै कदम भने चाल्दैनन्। मैले समाजिक सञ्जालका मालिकहरूसँग विश्वास गुमाइसकें। त्यसैले कम्तीमा पनि हामीले सुरुआती चरणमा ६ महिना सामाजिक सञ्जालमा खेलाडीमाथि हुने गरेको विभिन्न खाले दुुव्र्यवहारलाई बेवास्ता गर्ने हो भने यो आफंै निस्तेज हुँदै जान्छ।’
गत हप्ताभित्र मात्र पेनाल्टी अवसर गुमाउँदा इङ्ल्यान्डमा रंगभेदी टिप्पणी खेप्ने पोग्बा तेस्रो खेलाडीका भएका छन्। युनाइटेडले सो किसिमको टिप्पणीलाई घृणालाग्दो व्यवहार भन्दै निन्दनीय रहेको जनाएको छ।

‘जो व्यक्तिले त्यस किसिमको खराब धारणा व्यक्त गरेका छन्, त्यसले हाम्रो क्लबको मान गिराएको छ। हाम्रा समर्थकलाई खराबतर्पm लगिरहेको छ,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। युनाइटेडले त्यस्ता टिप्पणीप्रति शून्य सहनशीलता हुने उल्लेख गरेको छ। ‘त्यस्ता गतिविधिप्रति हामी शून्य सहनशीलता अपनाउनेछौं। रंगभेदी, विभेद र क्याम्पेनको पूर्ण विपक्षमा छौं,’ युनाइटेडले भनेको छ, ‘हामी त्यो घटनाको विषयमा पनि छानबिन गर्नेछौं। साथै हामी त्यस किसिमको घटना रोक्न क्याम्पेन नै चलाउनेछौं।’

रसफोर्डले पनि पोग्बाको समर्थनमा ट्विट गर्दै भनेका थिए, ‘उनी हाम्रो परिवारका सदस्य हुन्। पोग्बाप्रति आक्रमण हुनु हामी सबैप्रतिको आक्रमण हो।’ गत हप्ता चेल्सीका टमी अब्राहम र च्याम्पियनसिप क्लब रिडिङका याकोयु मेइटेलाई पनि रंगभेदी टिप्पणी गरिएको थियो।

अब्राहमले गत बुधबार सुपर कपको फाइनलमा लिभरपुलविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम पेनाल्टी चुमाउँदा चेल्सीले उपाधि गुमाएको थियो। त्यससँगै अब्राहममाथि पनि तीव्र रंगभेदी आक्रमण भयो। चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले त्यस्तो टिप्पणीलाई घृणित व्यवहार भएको प्रतिक्रिया दिएका थिए।

प्रशिक्षक लाम्पार्डले सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यस्ता खराब टिप्पणी रोक्ने अभियान चलाउन पनि अनुरोध गरेका थिए। अब्राहमले पनि आफूलाई घृणा गर्नेप्रति केही नभन्ने बताइसकेका छन्। यसअघि चेल्सीले नै गत जुलाईमा म्यानचेस्टर युनाइटेडका रहिम स्टर्लिङप्रति रंगभेदी टिप्पणी गर्नेलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ। पाँच समर्थकलाई चेल्सीले एक वर्ष र २ वर्ष प्रतिबन्ध लगाएको हो।

 

 

प्रकाशित: ५ भाद्र २०७६ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App