coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गेस्ट हाउसमा जोडी मृत फेला

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपर्कमा रहेको मोरङ पर्वत धौलागिरि पोखरा गेस्ट हाउस प्रालिमा एक जोडी मृत अवस्थामा फेला परेका छन्।

गेस्ट हाउसको १११ नम्बर कोठामा ती जोडी मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ। चितवनको खैरहनी नगरपालिका–२ का यमथापा मगर र मकवानपुर कालढुंगाकी सविना बजगााईं ‘सुनिता’ कोठमा मृत भेटिएका हुन्।

गेस्ट हाउसको बन्द कोठामा युवती खाटमा र युवा भुँइमा पल्टिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। आत्महत्याको आशंका गरिए पनि यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App