coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एउटै पालिकाको बेरुजु पाँच करोड

सोलुखुम्बु – सोलुखुम्बुका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु कारोबार खुम्बु पासाङल्हमु गाउँपालिकाको देखिएको छ। महालेखापरीक्षक कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७५/७६ मा खुम्बु पासाङल्हमुले पाँच करोड ४७ लाख ८१ हजार रकमको कारोबार फछ्र्याैट गर्न नसकेको देखिएको छ।

सबैभन्दा कम सोताङ गाउँपालिकाको ३८ लाख २७ हजार बेरुजु रहेको छ। थुलुङ दूधकोसी गाउँपालिकाको ५० लाख ८८ हजार, लिखुपिके गाउँपालिकाको ९७ लाख ५४ हजार बेरुजु देखिएको छ। सोलु दूधकुण्ड नगरपालिकाको बेरुजु रकम ९७ लाख १७ हजार मात्र रहेको छ।

त्यस्तै, महाकुलुङ गाउँपालिकाको एक करोड १८ लाख ६५ हजार बेरुजु देखिएको छ। नेचासल्यान गाउँपालिकाको एक करोड ४३ लाख ३९ हजार र माप्य दूधकोसी गाउँपालिकाको एक करोड ४१ लाख ४५ हजार गरी जिल्लाका आठ स्थानीय तहमा १२ करोड ३५ लाख १६ हजार रकम फछ्र्याैट हुन नसकेको महालेखापरीक्षकको कार्यालयले तयार पारेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रकाशित: ५ भाद्र २०७६ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App