७ वैशाख २०८१ शुक्रबार
प्रवास

पश्चिमा मुलुकमा पूर्वीय दर्शन र संस्कृतबारे रुची र आकर्षण बढेको छः प्राडा आचार्य

काठमाडौं– विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा प्राच्य विद्या विभागअन्तर्गत पूर्वीय धर्म र नीतिशास्त्रबारे अध्यापन गराउने प्राध्यापक डा. दिवाकर आचार्यले पश्चिमा मुलुकमा पूर्वीय दर्शनबारे रुची र आकर्षण बढेको बताएका छन्।

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै प्राडा आचार्यले योगको दर्शन, आशन र स्पाका माध्यमबाट तथा संस्कृति, दर्शन, भाषा, आर्युवेद शास्त्रमा चासो बढेको बताए।

अक्सफोर्डमा खुल्ला प्रतिस्पर्धामा प्राध्यापक चुनिएका आचार्यले त्यहाँ पूर्वीय धर्म र संस्कृतिबारे पढाउँदै आएका छन्। उनी बेघरवार हुँदै पशुपतिको आँगनमा हुर्केका नेपाली नागरिक हुन्। 

उनले नेपालमा संस्कृत क्षेत्रमा प्रशस्त्र समस्या रहेको र राज्यले लगानी गर्दा पनि प्रतिफल नदेखिएको बताए। द्वन्द्वकालमा संस्कृत विद्यालय बन्द भएको, बाहुन हुनेले मात्र पढ्ने, राजनीतिकरण भएकाले नेपालमा संस्कृतमा रुची घटेको उनको भनाई छ।

प्रकाशित: ४ भाद्र २०७६ १६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App