८ वैशाख २०८१ शनिबार
समाज

किर्ते गरेर ग्राहकको रकम झिक्ने बैंकका प्रवन्धक पक्राउ

काठमाडौं–आफु प्रवन्धक भएर आफ्नै बैंकको रकम अपचलन गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले पश्चिमाञ्चल फाईनान्सको बेनी शाखाका प्रवन्धक गणेशप्रसाद पौडेललाई पक्राउ गरेको हो। ब्युरोका अनुसार पौडेलले शाखा प्रमुखको अधिकार दुरुपयोगगर्दै फाईनान्सको पाँच करोड ३४ लाख रुपैयाँ  रकम हिनामिना गरेका हुन्। कार्तिक ९ मा पक्राउ परेका पौडेललाई आईतबार सार्वजनिक गरिएको हो।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार पौडेलले आफ्नै फाईनान्समा मुद्दती खाता रहेका ग्राहकको किर्ते दस्तखत गरि एक करोड ५० हजार निकालेका थिए। लोहनीले पौडेलले कर्जा प्रवाह गरेको र लगानी गरेको किर्ते कागजपत्रका आधारमा थप ३७ लाख ४१ हजार हिनामिना गरेको बताए। यस्तै कर्जा चुक्ता हुनुअघि धितो फुकुवा गरेर समेत उनले फाईनान्सलाई घाटा पुर्‍याएको अनुसन्धानमा खुलेको हो।

ब्युरोका अनुसार चेक मार्फत गरिमा विकास बैंकमा रहेको फाईनान्सको खाताबाट एक करोड ३८ लाख ५० हजार रुपैयाँ निकालेर आफैले उपभोग गरेका थिए। यस्तै ग्रिन डेमलपमेण्ट बैंकमा जम्मागर्ने भन्दै फाईनान्सको ढुकुटीबाट बारम्बार गरि दुई करोड ५३ लाख पौडेल आफैले चलाएको ब्युरोको अनुसन्धानमा खुलेको हो।

 

 

 

प्रकाशित: २८ कार्तिक २०७३ १४:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App