coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बन्दको अांशिक असर, २९३ जना पक्राउ

बन्दमा चलेको साझा बस। तस्विरः विजय गजमेर

काठमाडौं— विप्लब नेतृत्वको  नेकपा) माओवादीले खाद्य सुरक्षाको माग राख्दै आइतबार गरेको बन्द उपत्यकामा आंशिक प्रभाव परेको छ भने मुलुकभरिबाट २९३ जना पक्राउ परेका छन्। बन्ददेखि आजित भएका सर्वसाधरण अधिकांशले पसल खोलेका थिए भने मोटरसाइकल, टेम्पो, माइक्रो, साझा बस पनि थोर बहुत सडकमा गुडेका थिए।

उनका अनुसार बन्दका कारण अप्रत्य अप्रत्य ४० लाखको रोजगारी गुम्ने गरेको छ। आइतबारको बन्दा देख्दा भने अब बन्दासँग सर्वसाधरण नडराउने पक्षमा सर्वसाधरण देखिए।

‘सडक नियाल्दा बन्दको प्रभाव आंशिक मात्रै देखिन्थ्यो,’ महानगरिय ट्राफिक प्रहरी माशाखाका प्रवक्ता लोकेन्द्र बहादुर मल्लाले भने, ‘विहानको समय बढी नै प्रभाव देखिएपनि दिउँसो भने कमै देखियो।’ उनका अनुसार उपत्यकामा बन्दका कारण सवारीसाधन तोडफोड लगायतका कुनै घटना भएनन्।

सडकमा समेत बन्दकर्ताको उपस्थिती कमै देखियो। यद्यपि चोकचोकमा भने सुरक्षा कर्मचारी विहानैदेखि खटिएका थिए। ‘सुरक्षा निकायको उपस्थिति रहँदा पसल खोल्न सजिलो भयो,’ बौद्धका व्यापारी दोर्जी शेर्पाले भने, ‘बन्द सँधैका लागि बन्द गरिनुपर्छ त्यसका लागि सरकारले सुरक्षा दिएर पसल खोल्न तथा यातायात सञ्चालन गर्न लगाउनुपर्छ।’

राष्ट्रिय यातायात व्यवसायी महासंघले पनि सरकारले सुरक्षा दिन तयार हुने हो भने आफूहरु यातायात सञ्चालन गर्न तयार रहेको बताए। महासंघका महासचिव सरोज सिटौलाले भने, ‘बन्द भनेपछि सरकार पनि मौन बस्छ। तोडफोड गरिदेलान भनेर हामीले यातायात सञ्चालन गर्न नसकेका हौं।’

उनका अनुसार बन्दका कारण अप्रत्य अप्रत्य ४० लाखको रोजगारी गुम्ने गरेको छ। आइतबारको बन्दा देख्दा भने अब बन्दासँग सर्वसाधरण नडराउने पक्षमा सर्वसाधरण देखिए।

बन्दका क्रममा २ सय ९५ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट महिला २३ र पुरुष २१३ तथा उपत्यका बाहिरबाट ५ महिला र ५४ पुरुष पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७३ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App