गढीमाई मेलामा ६० लाख बढी श्रद्धालु आउने

बुधबार, ०४ भदौ २०७६, १६ : ४४ उपेन्द्र यादव

बारा– महागढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको विश्व प्रसिद्ध गढीमाई मेलामा आउने ६० लाख भन्दा बढी श्रद्धालुहरुलाई व्यवस्थापन गर्न महागढीमाई नगरपालिकाले बुधबार एक कार्यक्रमबीच मेलाको व्यवस्थापन तथा मुल कमिटी विस्तार गरेको छ।

पाँच वर्षमा लाग्ने गढीमाईको मेलामा विश्वमै सबैभन्दा बढी पशु बलि दिईने गरिएको छ। आउने मंसिर १ देखि एक महिना लाग्ने मेलामा नेपाल, भारतलगायत तेश्रो मुलुकबाट ६० लाख श्रद्धालु गढीमाई मेलाको दर्शन गर्न आउने र त्यसको लागि ३ महिना पहिलादेखि पहिलो चरणको कामहरु शुरु गरिएको महागढीमाई नगरपालिकाले जनाएको छ।

अहिलेदेखि मेलालाई व्यवस्थित गर्न काम सुरु नगर्दा खानेपानी, शौचालय, स्वास्थ्य शिविर, मनोरन्जनका साधनलगायत सेवा सुविधाहरु दिनमा समस्या देखेर नै नगरपालिकाले कमिटी विस्तार गरेको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बतए।

पाँच वर्ष पहिला २०७१ सालमा लागेको मेलामा ५० लाख भन्दा बढी श्रद्धालुले मेला हेर्न आएको र ८० हजार जति पशु बलि दिइएको गढीमाई मन्दिरका पुजारीले बताएका छन्।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र्र यादवले विभिन्न राजनीतिक दलका प्र्रतिनिधि, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख र जिल्लाका सरकारी कार्यालयहरुका प्रमुखहरुलाई समेटेर आवश्यक अनुसार कमिटी निर्माण गरिएको बताए।

कलैया उपमहानगरपालिकाको प्रमुख राजेशराय यादवको प्रमुख आतिथ्यमा गढीमाई मन्दिरको प्राङ्गनमा आयोजना गरिएको सर्वपक्षीय र सर्वदलीय मेला व्यवस्थापन तथा मुल कमिटी कार्यक्रममा जिल्लाका १६ वटा स्थानीय तहका प्रमुख, उपप्र्रमुख, प्र्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य र विभिन्न राजनीतिक दलका प्रतिनिधिहलाई निमन्त्रणा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रहेका कलैया उपमहानगरपालिका प्रमुख राजेशराय यादवले गढीमाई मन्दिर र मेला महागढीमाई नगरपालिकामा पर्ने गरे पनि यो जिल्ला र राष्ट्रको सम्पति भएको बताए। मेलालाई  सबैले मिलेर सफलता पूर्वक समापन गर्नको तिर लाग्नुपर्ने सुझाव दिए।

आपसी द्धन्द्ध र पार्टीगत स्वार्थ भन्दा माथि उठेर मेलामा आउने लाखौैं श्रद्धालुहरुलाई सेवा सत्कार गर्दा मात्रै यसले गाउँ, जिल्ला र देशकै नाम रहने भएकोले जिल्लामा भएका सबै स्थानीय तहले यसमा सहयोग गर्नुपर्ने आग्रह यादवले गरे।कार्यक्रममा निजगढ नगरपालिका प्रमुख सुरेश खनालले गढीमाईको मेला बरियारपुरको मात्र नभएर सबै जिल्लावासीको भएको र मेलामा हुने विकृतिहरुलाई कसरी नियन्त्रण त्यतातिर ध्यान दिएर काम गर्न सुझाव दिए।

महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले स्थानीय तह संचालन ऐन २०७४ अनुसार धर्म संस्कृति, मठ मन्दिर र मेलाको जिम्मेवारी स्थानीय सरकारलाई दिएको त्यही जिम्मेवारी अनुसार काम गर्र्दा स्वार्र्थी समूहले विवाद गर्न खोजेको बताए।

उनले गढीमाई संचालन तथा व्यवस्थापन (ट्रष्ट)लाई मेला लगाउने जिम्मेवारी दिएको भन्दै केही व्यक्तिहरुले गलत प्रचार बाजी गरि नगरपालिकाले गरेको काम कारवाहीलाई  अवरोध गर्न खोेजिए त्यो अमान्य हुने बताए।

महागढीमाई नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदामा प्रसाद साहको अध्यक्षतामा ५१ सदस्यीय मेला मुल कमिटी गठन गरिएको र १६ वटा स्थानीय तहका प्र्रमुख, प्र्रदेश सभासदस्य, प्रतिनिधिसभा सदस्य, सुरक्षा निकायका प्र्रमुख र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु सदस्य रहने गरि मेला संंरक्षण तथा सल्लाहकार समिति गठन गरिएको नगर प्रमुख यादवले जानकारी गराए।

कार्यक्रममा नेकपा एमालेका रामबाबु यादव र जितेन्द्र तिवारीले नगरपालिकाले गढीमाई मेलाको कमिटी विस्तार गर्दा सबैलाई समेटेर अगाडी बढनु पर्ने सुझाव दिए।

कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख भरत भण्डारी, विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल पाल लगायतको सहभागिता रहेको थियोे।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad