coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

काठमाडौँ- नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आज कुनै प्रभाव नपारेको पाइएको छ।

नेपाल स्टक एक्चेन्जकाअनुसार निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज भने २.८३ अङ्कले बढेर एक हजार ७०० बिन्दुमा पुगेको छ । गत साता करिब ५२ अङ्कले घटेर एक हजार ६९६ बिन्दुमा रोकिएको बजार सामान्य रुपमा बढेको स्टकले जनाएको छ।

कुल १३७ कम्पनीको आठ लाख ६२ हजार २६९ कित्ता सेयर रु ७३ करोड २१ लाख ४५ हजार ४०० मा खरिदबिक्री भएको छ।

होटल र जलविद्युत् समूहको सेयर ओरालो लागेपनि अन्य समूहको भने सेयर उकालो लागेपछि बजारमा सकारात्म्क प्रभाव परेको स्टकले जनाएको छ । होटल ०.५९ र जलविद्युत् समूह ०.२३ प्रतिशतले घट्दा बैंक ०.१७, विकास बैंक ०.०६, फाइनान्स ०.४२, बिमा ०.४४ र अन्य समूह ०.०८ प्रतिशतले उकालो लागेको हो । आज सबैभन्दा बढी एभरेष्ट बैंकको रु २० करोड ४३ लाख बराबरको सेयर किनबेच भएको छ। रासस

 

प्रकाशित: २८ कार्तिक २०७३ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App