८ वैशाख २०८१ शनिबार
कला

मूर्तिकला पाठ्यक्रम निर्माण हुँदै

इटहरी- नेपालमै पहिलो पटक एक नम्बर प्रदेशस्तरीय मूर्तिकला कार्यशाला तथा पाठ्यक्रम निर्माण कार्यक्रम सम्पन्न हुने भएको छ। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा इटहरीस्थित इटहरी मेट्रिक्सले आयोजना गरेको सो कार्यशालामा प्रदेश १ का १२ जिल्लाका चार महिलासहित २८ जनाको सहभागी ता थियो। उक्र कार्यक्रममा सहभागीले मूर्तिकला विषयमा प्रशिक्षण लिनुका साथै नेपालमै पहिलो मूर्तिकलाको पाठ्यक्रमसमेत निर्माण गरिएको मेट्रिक्स अध्यक्ष विक्रम श्रीले बताए।     
     
उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको १२ लाख रुपैयाँ र अन्य सम्पूर्ण खर्च आयोजक संस्थाले व्यहारेको थियो। सो अनुकृति मूर्तिकला कार्यशाला यस प्रदेशका सहभागीले रुचिपूर्वक सहभागिता जनाएको बताए। इटहरीबाट पूर्व उत्तरमा रहेको सो मेट्रिक्स स्थानमा फाइवरजेल, धातु, जर्मन सिसा र आरसिसी गरी बनाइएका ८२ वटा मूर्ति छन्। ती मूर्ति प्रदेश १ मा ख्याति कमाएका मूर्तिकारदेखि अहिलेका नयाँ कलाकारसमेतले बनाएका छन्।     
     
यस स्थानमा ‘द थिङ्कर’ युद्धपछि चिन्तनतर्फ युगलाई सम्बोधन गर्ने तथा ‘द पिस’ जस्ता मूर्तिका नयाँ आयामलाई हेर्न मिल्ने स्थानको रूपमा यसलाई विकास गर्ने योजनासमेत रहेको अध्यक्ष श्रीले बताए।रासस    
  

 

प्रकाशित: ४ भाद्र २०७६ ०७:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App