coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हरेराम जोशी स्मृति टेबलटेनिस हुने

काठमाडौं – हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १४औं हरेराम जोशी स्मृति उपत्यकाव्यापी टेबलटेनिस प्रतियोगिता भदौ ५ र ७ गते हुने भएको छ ।

प्रतियोगितामा पुरुष÷महिला, खुलाका साथै विद्यालयस्तर र भेट्रानतर्फ गरी १२ विधमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

प्रतियोगितामा करिब ३ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितालाई पिज्जा कटर र भ्याली स्पोर्ट्स हाउसले समान ५० हजार रुपियाँ  प्रायोजन गरेको संयोजक कपालीले जानकारी दिए ।

प्रकाशित: ४ भाद्र २०७६ ०६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App