coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इन्धन खपत १० प्रतिशत बढ्यो

काठमाडौं – मुलुकमा इन्धन खपत एक वर्षमा करिब १० प्रतिशतले वृद्धि भएको छ। सवारी सधान प्रयोगकर्ता, हवाई उडान र ग्यास प्रयोगकर्ताको संख्या वृद्धि हुँदा खपत बढेको हो।

अघिल्लो आर्थिक २६ लाख ६९ हजार पाँच सय ६१ किलोलिटर इन्धन खपत भएकोमा गत आर्थिक वर्ष ०७५/७६ मा २९ लाख ३० हजार तीन सय ५४ किलोलिटर बिक्री भएको नेपाल आयल निगमले जनाएको छ। डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, खाना पकाउने ग्यासको खपत वृद्धि औसतमा ९.७६ प्रतिशत देखिएको छ।

अघिल्लो आर्थिक वर्ष पेट्रोल चार लाख ८४ हजार सात सय ८१ किलोलिटर खपत भएकोमा गत वर्ष पाँच लाख ६६ हजार ५४ किलोलिटर बिक्री भएको थियो। त्यसैगरी, डिजेल बिक्री १५ लाख ९७ हजार पाँच सय ५१ बाट बढेर १७ लाख १० हजार ६ सय ५३, मट्टीतेल २२ हजार तीन सय ११ बाट बढेर २६ हजार चार सय ९८, हवाई इन्धन एक लाख ९४ हजार तीन सय ५८ बाट बढेर दुई लाख एक सय ३६ किलोलिटर बिक्री भएको छ। खाना पकाउने ग्यास तीन लाख ७० हजार मेट्रिक टनबाट बढेर चार लाख २७ हजार १३ मेट्रिक टन पुगेको छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट इन्धन आयात गरेर बिक्री गरेको परिमाणको तथ्यांकलाई बिश्लेषण गर्दा यस्तो देखिन्छ। पछिल्ला पाँच वर्ष इन्धन खपत ह्वात्तै बढेको छ।

विगत मुलुकमा लोडसेडिङको समयमा उद्योग, होटल, निजी अफिसले जेनेरेटर सञ्चालनका लागि डिजेल, पेट्रोल प्रयोग गर्थे। अहिले लोडसेडिङ नहुँदा ती क्षेत्रले जेनेरेटरमा डिजेल, पेट्रोलको प्रयोग घटे पनि खपत वृद्धि हुँदै गएको छ। सवारी साधनको चाप बढेकाले पेट्रोलियम पदार्थको खपत बढेको हो।

विगत मुलुकमा लोडसेडिङको समयमा उद्योग, होटल, निजी अफिसले जेनेरेटर सञ्चालनका लागि डिजेल, पेट्रोल प्रयोग गर्थे। अहिले लोडसेडिङ नहुँदा ती क्षेत्रले जेनेरेटरमा डिजेल, पेट्रोलको प्रयोग घटे पनि खपत वृद्धि हुँदै गएको छ। सवारी साधनको चाप बढेकाले पेट्रोलियम पदार्थको खपत बढेको हो। मुलुकका ग्रामीण क्षेत्रका विमानस्थलमा हवाई सेवा सञ्चालनमा आउनु, नेपालमा गन्तव्य बनाएका अन्तर्राष्ट्रिय बिमान कम्पनीले उडान थप्नु र यहाँ निजी विमान कम्पनीको संख्या वृद्धि हुँदा हवाई इन्धनको खपत बढेको छ।

बढ्दो सहरीकरणसँगै खाना पकाउने ग्यास (एलपिजी)को खपत बढेको छ। मुलुकमा विद्युतीकरण बढ्दै गए पनि ग्यासको खपत घटेको देखिँदैन। खाना पकाउन विद्युत प्रयोग गर्न सकिने भए पनि ग्यास सस्तो पर्ने भएकाले उपभोक्ताको रोजाईमा ग्यास परेको हो। आयस्तरमा भएको वृद्धिले जनता दाउराबाट ग्यास प्रयोग गर्न थालेका छन्। विगतमा टुकी, स्टोभ बाल्न मट्टीतेलको प्रयोग गर्ने गरेकोमा अहिले ओ परिवर्तन, विद्युतीकरणले गर्दा मट्टीतेलको खपत भने बर्सेनि घट्दै गएको छ।

प्रकाशित: ४ भाद्र २०७६ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App