नगदेशको महाकाली नाचमा रमाए स्थानीय

बुधबार, ०४ भदौ २०७६, ०८ : ४७ नागरिक

भक्तपुर– भक्तपुरको मध्यपुर थिमिको नगदेशमा नचाइने प्राचीन महाकाली नाच मंगलबार रातिदेखि सकिएको छ। नाच शनिबार रातिदेखि सुरु भएको थियो। सो नाच प्रत्येक वर्षमा चार रात चल्ने गर्दछ। गाईजात्राको भोलिपल्ट साँझबाट सुरु हुने महाकाली नाचलाई नगदेशका चोकचोकमा प्रदर्शन गर्ने परम्परा छ। आर्थिक अभावका कारण सो नाच २०६६ सालदेखि नचाउन सकिएको थिएन। सात वर्ष प्रदर्शनमा ल्याउन नसकिएको सो नाचलाई स्थानीय युवाहरुको सक्रियतामा २०७३ सालदेखि पुनः सुचारु गरिएको हो।

महाकाली नाच प्रदर्शनका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने महाकाली नाच संरक्षण समितिले जनाएको छ। नाच प्रदर्शनका क्रममा चार दिन लगातार सहभागी हुने सम्पूर्णलाई भोज खुवाउनुपर्ने भएकाले खर्च बढी लाग्ने स्थानीय बताउँछन्। नाचका क्रममा दैनिक साँझ स्थानीय टोलबासी मिलेर भोज खाने चलन छ। दैनिक भोजको व्यवस्था मिलाउन थुप्रै खर्च लाग्ने स्थानीय बताउँछन्। नाचका क्रममा परम्परादेखि नै भोज खानेखुवाउने चलन रहेको स्थानीय विनोद कोजूले नागरिकलाई बताए।

महाकाली नाचमा महाकाली, महालक्ष्मी, कुमारी, सिंह, बेता, भूतभैरव, कवं, ख्याक, माक, म्ह्यखा र मयुर गरी १७ देवगणको सहभागिता हुन्छ। महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल, अग्नि, वायु, भूकम्प, चट्याङ् तथा चोरको भय नहुने जनविश्वास प्राचीनकालदेखि रहिआएको भक्तपुरका स्थानीय बताउँछन्।

नाचका नर्तकहरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने शैलीले गर्दा यो नाच तन्त्रमा आधारित भएको पुष्टि हुन्छ। महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक–फरक समूह फरक–फरक तालमा नचाइने परम्परा रहेको छ। नाचका क्रममा मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शन गर्ने गरिन्छ।
नाचमा ८ वर्षका बालकदेखि ३५ वर्षका युवासम्मको सहभागिता रहने गरेको छ। नाचको सुरुवात गर्दा देवदेवीहरुको विशेष पूजा गरिन्छ। समापनका अवसरमा पनि विशेष पूजाआजा गरिने चलन छ। यो नाचसँगै मध्यपुर थिमिको बालकुमारीमा पनि ऐतिहासिक भैरव नाच र बोडेमा नीलवाराही नाच देखाउने गरिन्छ।






यसमा तपाईको मत

अन्य समाचार

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविधुत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविधुत आयोजनामा सहवित्तियकरण कर्जा...

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र...

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख...

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

Ncell Footer Ad