७ वैशाख २०८१ शुक्रबार
कला

झिल्केले सुन्तली भगाउने

काठमाडौं– कमेडी फिल्म ‘सुन्तलीलाई भगाइलग्यो झिल्केले’ आगामी साउन २१ मा रिलिज हुने भएको छ। ऋषिराज आचार्यद्वारा निर्देशित फिल्मको आइतबार राजधानीमा प्रेसमिट गरी प्रोमो र गीत देखाएका हुन्।
आरबी मुभिजको ब्यानरमा निर्माण भएको फिल्म हास्यरसले भरिएको भए पनि गहन विषयबस्तु उठान गरिएको निर्देशक आचार्यले जानकारी दिए । ‘फिल्म नेपाली समाजमा रहेको एउटा प्रचलित प्रथामा निर्माण गरेको छु,’ प्रथालाई ‘सस्पेन्स’ राख्दै उनले भने, ‘एकदम चल्तीको प्रथा छ, त्यो के हो, त्यसका लागि भने हलसम्म जानुपर्छ ।’
अभिनेता सुशान्त कार्कीले फिल्ममा आफूले दुई प्रकारको भूमिका निर्वाह गरेको बताए । ‘सधै एक्सन, लभरब्वाइ बनेको थिए“ । तर यो फिल्ममा भने म दुई भिन्न परिस्थितिबाट गुज्रिएको युवक बनेको छु,’ सुशान्तले भने ।
अर्का अभिनेता शिशिर भण्डारीले फिल्मभित्र आफू युवतीप्रेमी तोरी लाहुरेको भूमिकामा रहेको खुलासा गरे । अभिनेत्री सुरजनी केसी, रिजा भुसाल र अभिनेता सुशील सिटौलाले फिल्मबाट आफूहरु निकै आशावादी रहेको बताए । चलचित्र पत्रकार संघका उपाध्यक्ष तथा निर्देशक लक्ष्मण सुवेदीले फिल्मको सफलताको शुभकामना दिए ।
कार्यक्रममा सुशान्त, शिशिर, सुशील, सुरजनी र रिजा फिल्मभित्रकै ‘ड्रेसअप’मा उपस्थित भएका थिए । फिल्ममा नवीन निरौलाको सम्पादन, राहुल राईको छायांकन र गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App