coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रान्सफर्मर चोरी हुँदा खानेपानी अवरुद्ध

रामेछाप – खाँडादेवी गाउँपालिका–३ भीरपानीस्थित डब्खामा लिफ्ट खानेपानी आयोजनाका लागि राखिएको ट्रान्सफर्मर चोरी हुँदा करिब १३ सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । उक्त आयोजना केही समयअघि मात्र सम्पन्न भएको हो ।

खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले नागरिकले दैनिक रुपमा पिउने पानीको मुहान नै बन्द गर्नेगरी ट्रान्सफर्मर चोरी गर्नेमाथि कडा कारबाही हुनुुपर्ने माग गरेका छन् । उनले नागरिकको ध्यानलाई केन्द्रमा राखेर नयाँ ट्रान्सफर्मरको व्यवस्थापन गर्ने बताए ।

ट्रान्सफर्मरभित्र रहेको तामाको तार चोरी भएको खाँडादेवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्कर कार्कीले बताए । जिल्ला प्रहरी प्रमुख सन्तोषकुमार भट्टराईले घटनाका बारेमा जानकारी हुनासाथ प्रहरी परिचालन गरी ट्रान्सफर्मर चोरी गर्नेको खोजी कार्य भइरहेको बताए ।

प्रकाशित: ४ भाद्र २०७६ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App