८ वैशाख २०८१ शनिबार
अर्थ

गोसाइँकुण्ड मेलामा एक लाख ३४ हजार भेटी

गोसाइँकुण्डमा आएका तीर्थयात्रीले चढाएकाे भेटी गनिँदै। तस्बिर/नागरिक

रसुवा – जनैपूर्णिमा मेलाको अवसरमा गोसाइँकुण्डमा आएका तीर्थयात्रीले एक लाख ३४ हजार रुपयाँ भेटी चढाएका छन्।

१० दिनसम्म लागेको मेलामा एक लाख ३४ हजार तीन सय ६५ रुपयाँ भेटी संकलन भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। गत वर्षको तुलनामा यो कम हो। तीर्थयात्री कम आएका कारण भेटी कम संकलन भएको समितिका अध्यक्ष सन्जीव डिएमले बताए।

शनिबार जिल्ला प्रहरी कार्यालयमा भेटी गनिएको हो। यस वर्षमा पाँचको ६ हजार दुई सय ४३,  १० को तीन हजार आठ सय ८२, २० को एक हजार पाँच सय ४४, ५० को तीन सय ५७, सयको एक सय सात, पाँच सयको चारवटा र हजारको एउटा नोट भेटिएको छ। तीर्थयात्रीले एक रुपैयाँको सिक्का दुई सय ३० र दुई रुपैयाँको सिक्का १३ सय वटा चढाएका छन्।

२०७४ सालमा ९८ हजार र २०७५ सालमा एक लाख ४१ हजार ६ सय रुपैयाँ संकलन भएको थियो। गोसाइँकुण्डको मेला व्यवस्थापन तथा कुण्डको संरक्षणमा भेटी खर्च गरिने समितिले जनाएको छ। २०५६ सालदेखि समितिले मेलाको व्यवस्थापन गर्दै आएको छ।

गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्याङसहितको साहसिक पदयात्रा र पर्वतारोहण गर्ने उद्देश्यले स्वदेशी तथा विदेशी आउने गर्छन। जैविक विविधताको अध्ययन र भूगर्भशास्त्रको अध्ययनका लागि समेत गोसाइँकुण्डमा पर्यटक आउने गरेका लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ। जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुईपटक तीर्थयात्रीले मेला भर्ने गरेका छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App