४ वैशाख २०८१ मंगलबार
समाज

हजारभन्दा बढी बालबालिका बेपत्ता

काठमाडौं – बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ।
काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १ सय ३३ बालक र ६२ बालिका गरी १ सय ९५ जना केन्द्रले फेला पारेको जानकारी कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले दिए।

अधिकारीले पाँच विकास क्षेत्रमा ४ सय ३३ बालक र ८ सय २९ जना बालिका गरी जम्मा १ हजार २ सय ६२ जना बेपत्ता बालबालिकामध्ये ७० जना बालक र १ सय ४३ जना बालिका गरी २ सय १३ जना बालबालिका फेला पारी केन्द्रले परिवारलाई सुम्पेको जनाए।

अधिकारीका अनुसार आव ०७२/०७३ मा फेला परेका ३ सय ४८ बेवारिस बालबालिकामध्ये २ सय ४० जना अभिभावक खोजेर जिम्मा लगाइएको र ९४ जना बालबालिका विभिन्न संरक्षण गृहमा राखेको छ। यसरी संरक्षणगृहमा राखिएकामध्ये १४ जना बालबालिका भागेका थिए।
पाँच विकास क्षेत्रमा फेला परेका बेवारिसे ७७ जना बालक र ३२ जना बालिका गरी १ सय ९ जनामध्ये ८० जनालाई केन्द्रले अभिभावकको जिम्मा लगाएको छ भने २० जनालाई विभिन्न संरक्षण गृहमा राखेको छ ।

छोराछोरी नेपाल संस्थाको समन्वयमा भारतका विभिन्न बाल संरक्षणगृहबाट ल्याइएका २९ जना बालबालिका उनीहरूको परिवारको जिम्मा लगाएको अधिकारीले बताए।
गत वर्षयता उपत्यकाका सडक बालबालिकाको पहिचान गरी उद्धार, संरक्षण तथा व्यवस्थापन गर्न केन्द्रले कर्मचारी परिचालित गरेको छ ।

 

 

प्रकाशित: २८ कार्तिक २०७३ ०९:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App