७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेलको सहकार्यमा ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’

काठमाडौं – विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरको छ।

नेपालमा स्टार्टअप कम्पनी र मोबाइल सेवा प्रदायक कम्पनीबीच सहकार्य सुदृढ पार्न कार्यशाला आयोजना गरिएको एनसेलको विज्ञप्तिमा उल्लेख छ।

३० स्टार्टअपका ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यशाला स्टार्टअपले कसरी मोबाइल सेवाप्रदायकसँग साझेदारी गर्न सक्छन्, त्यसका लागि आवश्यक उपकरण तथा तयारी के कस्तो हुनपर्छ लगायत विषयमा केन्द्रित रहेको जनाइएको छ।

कार्यशालाबाट स्टार्टअपले नयाँ प्रविधि, अहिलेको ट्रेन्ड र कसरी विभिन्न स्टार्टअपले अफ्रिका तथा एसिया प्यासेफिकमा टेलिकम कम्पनी, स्टार्टअप र ग्राहकका लागि फाइदा हुने गरी मोबाइल सेवा प्रदायकसँग साझेदारी गराएका छन् भन्ने जानकारी लिन पाएको कम्पनीले जनाएको छ।

कारखाना, आइसिटी फर एग्री, इ–सेवा, सोचवेयर, सारथि, फुडमारियो, खल्ती, हाम्रो बजार, लेट्ज गो, अभ्यास, सप्लाई बक्स, उपायलगायत स्टार्ट अपहरुले उक्त कार्यशालामा सहभागिता जनाएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ भाद्र २०७६ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App