सदस्य सचिव सिलवाल चीन प्रस्थान

मङ्गलबार, ०३ भदौ २०७६, २२ : ११ नागरिक संवाददाता

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल मंगलवार चीन प्रस्थान गरेका छन्।

बिदाईका अवसरमा सदस्य–सचिव सिलवालले १३ औं दक्षिण एशियाली खेलकुदको उद्घाटन तथा समापनको रुपमा रहेको दशरथ रंगशालाको भिआईपी प्याराफिटको छाना निर्माणका लागि आवश्यक पर्ने सामान बोलपत्रमार्फत जिम्मेवारी लिएका सम्बन्धित कम्पनीले कस्तो अवस्थामा कार्य गदैछन्, सामानको गुणस्तर मापन र ढुवानी मितिको निश्चिताका लागि चीन जान लागेको बताए। 

उनले भिआईपी प्यारापीटमा जडान गरिने सिटको निश्चित गर्ने र उद्घाटन समारोहलाई भब्य र सब्य बताउन कुन खालको प्रविधि अपनाउन सकिन्छ, त्यसको जानकारी लिने पनि भ्रमणको उद्देश्य रहेको बताए। सदस्य–सचिव सिलवालको भ्रमणका अवसरमा नेपाली खेलकुदको विकास र बिस्तारमा चिनिया खेलकुदका उच्च पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ। 

सदस्य–सचिव सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को बिभागीय प्रमुख कुलवहादुर थापा, प्रचार प्रसार शाखा प्रमुख दुर्गाप्रसाद दुलाललगायतले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad