७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न मिल्दैनः उपप्रम पोखरेल

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘माना पाथी जोखे’ जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर ५ ले मंगलबार राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताए। उनले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउदै जानुपर्ने बताए।

उनले भने, ‘प्रक्रियाबाट नमिलेका कुराहरु मिलाउँदै जाने हो। एकैचोटी मानापाथी जोखे जस्तो सबै कुरा मिल्दैन पार्टीमा। एकदम ढ्याक्क ढ्याक्क कति किलो जस्तो हुँदैन। यो जोखे जस्तो हुँदैन। नमिलेका कुराहरु भोली व्यवहारमा मिलाउदै जाने हो।’

उनले दुई पार्टी मिलेर एउटै पार्टी बनेकाले अब नेतृत्वको निर्णयलाई स्वीकार गर्दै अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए। उनले छिट्टै काठमाडौं जिल्ला कमिटीले पुर्णता पाउने विश्वास पनि दिलाए। काठमाडौंअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्रीय स्तरका कमिटीले पूर्णता पाएका छैनन्।

 

प्रकाशित: ३ भाद्र २०७६ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App