१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साढे दुई अर्बको ऋणपत्र बिक्री हुँदै

काठमाडाैं- सिद्धार्थ बैंकले प्रवर्धन गरेको रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। प्रतिऋणपत्र रु एक हजार अङ्कित मूल्यको ऋणपत्र बिक्री गर्न लागेको हो। उक्त ऋणपत्रको यही भदौ ५ गतेदेखि बिक्री शुरु हुने छ। 

‘१०.२५ प्रतिशत एसविएल डिवेञ्चर २०८३’ नाम दिइएको सो ऋणपत्रलाई इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने रेटिङ प्रदान गरेको छ। ऋणपत्र बिक्री बन्द हुने मिति छिटोमा भदौ ९ गते र ढिलामा आगामी असोज ५ गतेसम्मका लागि तोकिएको छ। नेपाल धितोपत्र बोर्डबाट गत साउन १४ गते स्वीकृति पाएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्रमध्ये रु एक अर्ब ५० करोड ऋणपूँजी रकम परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्रले हुन आउन रु एक अर्ब ऋणपूँजी रकमअर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ। 

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कूल चुक्तापूँजीको २५ प्रतिशत अनिवार्य रुपमा ऋणपत्र बिक्री गर्नुपर्ने प्रावधानसहितको चालू आवका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। रासस

प्रकाशित: ३ भाद्र २०७६ १४:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App