coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कोरियाली पर्यटक बढाइने

काठमाडौं– नेपालमा कोरियाली पर्यटक बढाउन कोरियामा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न सरोकारवालाले पहल गर्ने जनाएका छन्। मंगलबार नेपाल पर्यटन बोर्डमा कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एशोसियसन अफ नेपाल (कोटान)ले आयोजना गरेको कार्यक्रममा उनीहरूले त्यस्तो प्रतिबद्धता जनाएका हुन्।

विगत ५ वर्ष यता कोरियाली पर्यटक बढ्दै छन्। अघिल्लो वर्ष ३४ हजार कोरियाली नेपाल आएका थिए। ‘सन् २०१९ मा ३७ हजार भन्दा बढी कोरियालीले नेपाल घुम्ने अनुमान छं’, नेपालका लागि कोरियाली राजदूत पार्क योंग सिकले भने, ‘कोरियामा राम्रो प्रचार गर्न सकियो भने लुम्बिनीले पनि कोरियाली पर्यटक तान्न सक्छ।’ 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन कोरियामा भएका विश्वविख्यात पर्वतरोहीहरूलाई नेपालले सद्भावना दूतका रुपमा सम्मान गर्न राजदूत सिकले सुझाए। 

विशेषतः पदयात्रा र पर्वतारोहणका लागि कोरियाली नेपाल आउने गरेका छन्। ‘हामी कोरियामा लुम्बिनी जस्ता गन्तव्यहरूको प्रचार गर्ने छौं’, कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले भने, ‘हामी प्रवर्द्धनात्मक कार्यक्रममा कोटानसँग सहकार्य गर्नेछौं।’

मंगलबार कोटानले ट्राभल तथा ट्रेकिङ कम्पनीका पथप्रदर्शकहरूका लागि आयोजना गरेको ‘हाइ अल्टिच्यूड सिक्नेस’ सम्बन्धी प्रशिक्षण कार्यक्रममा उनीहरूले प्रवर्द्धनात्मक कार्यक्रममा सहकार्य गर्ने बताए। 

‘हामीले पर्यटकलाई सुरक्षित रुपमा गन्तव्यमा पुर्याउन तालिम दिएका हौं’, कोटानका अध्यक्ष अमरबहादुर शाही भन्छन्, ‘यसले आगामी दिनमा पर्यटक बढाउन सहयोग पु-याउँछ।’ 

प्रशिक्षण कार्यक्रममा ५५ जना सहभागी थिए। उनीहरूलाई होचल लि, तुलसी गुरूङ, लालप्रसाद भट्टराई, डा. सञ्जय कार्की, डा.अभिजित अधिकारी र अर्जुन पौडेलले प्रशिक्षण दिएका थिए। कोटानका कोषाध्यक्ष ङिमा ङाबाङका अनुसार उनीहरूलाई अल्टिच्यूड सिक्नेस, प्राथमिक उपचार र उद्दार गर्ने विषयमा प्रशिक्षण दिइएको थियो।  

प्रकाशित: ३ भाद्र २०७६ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App