८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रधानमन्त्रीको स्वास्थ्यबारे जनतालाई जानकारी नदिनु गल्ती हो’

काठमाडौं– नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे नेपाली जनताले यथेष्ट जानकारी पाउनुपर्ने बताएका छन्। 

रिपोर्टर्स क्लबको साक्षात्कारमा डा. दीक्षितले भने, ‘केपी ओली दुइतिहाई बहुमत प्राप्त प्रधानमन्त्री हो। उहाँ त सर्वेसर्वा हो। उहाँ विरामी भएर सिंगापुर जानुभयो। फेरि जाँदै हुनुहुन्छ। उहाँको स्वास्थ्यको बारेमा जनताले थाहा पाउनुपर्छ। उहाँ त पब्लिक टप मष्ट फिगर हो।’

डा. दीक्षितले प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा विज्ञप्ति निकालेर जनतालाई जानकारी दिनुपर्ने पनि बताए। ‘हुन त उहाँ औषधीको मात्रा मिलाउन फेरि जान लाग्नुभएको भन्ने कुरा आएको छ। अहिले इन्टरनेट, भाइबरको जमाना छ। यसबारेमा जानकारी चाहियो। यो त हाम्रो हकको कुरा हो’, उनले भने।

दीक्षितले आफ्नो स्वास्थ्य अवस्थाबारे सूचना दिनु प्रधानमन्त्रीको दायित्व भएको बताउँदै भने, ‘उहाँको अगाडिको भविष्य के हो? यसबारेमा जानकारी नदिनु उहाँको टिमको गल्ती हो।’ दीक्षितले ओलीजी नभए मुलुकमा अस्थिरता उत्पन्न हुने पनि बताए।

प्रकाशित: ३ भाद्र २०७६ ११:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App