८ वैशाख २०८१ शनिबार
समाज

चितवनमा ६६ किलो चरेससहित तीन भारतीय गिरफ्तार

चितवन–चितवनमा प्रहरीले ६६ किलो लागु औषध चरेससहित तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। भारतीय नम्बर प्लेटको जीपसहित प्रहरीले उनीहरुलाई शुक्रबार साँझ भरतपुरको रामनगरमा नियन्त्रणमा लिएको थियो। चितवन प्रहरीले शनिबार राति प्रेस विज्ञप्ति जारी गरेर यस घटनाका बारेमा आधिकारिक जानकारी गराएको हो।

नारायणगढ मुग्लिन सडक खण्डको रामनगरमा वीरगञ्ज अञ्चल प्रहरी कार्यालय र चितवन जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मुग्लिन तर्फबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ५५  ३०७० नम्बरको टाटा सुमो जीपलाई चेकजाँचका लागि रोक्न खोजेको थियो। प्रहरीले रोक्न खोज्दा भागेर सो जीप रामनगर बजारदेखि केही पर पानीटंकी जंगलसम्म आएको थियो। सोही ठाउँमा जीपलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले गाडीको डिक्कीबाट एक किलो र आधा किलो तौलमा प्याक गरेर राखेको ६६ किलो चरेश बरामद गरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्लाको केशरिया बस्ने २५ वर्षका चुनु तिवारी, चकिया बस्ने २६ वर्षका चन्दनकुमार त्रिपाठी र मोतिहारीकै २८ वर्षका सुधिरकुमार दुवे रहेका छन्। चुनु तिवारी गाडीका चालक भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २८ कार्तिक २०७३ ०८:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App