coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सांसदको प्रश्नः प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल नेपालमा छैन? सिंगापुर नै जानुपर्ने?

काठमाडौं– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको स्वास्थ्य उपचार नेपालमै गर्नसकिने व्यवस्था मिलाउन माग गरेका छन्। 

मंगलबारको प्रतिनिधिसभा बैठकमा मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सुवालले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग प्रश्न गरे, ‘के प्रधानमन्त्रीको स्वास्थय उपचार गर्ने क्षमता भएको अस्पताल नेपालमा छैन र? सिंगापुर नै जानुपर्ने?’

प्रधानमन्त्री केपी शर्मा ओली भर्खरै सिंगापुरमा स्वास्थ्य उपचार गरी फर्केको र फेरि जान लागेको स्मरण गर्दै सुवालले केही रुपैयाँको स्वास्थ्य उपकरण खरिद गरिए प्रधानमन्त्री लगायत सर्वसाधारणको नेपालमै उपचार गर्न मिल्ने सुझाए। 

‘नेपालसँग उपकरण भएको भए सिंगापुरका डाक्टर केही समयका लागि बोलाएर नेपालमै प्रधानमन्त्रीको उपचार गर्न सकिन्थ्यो’, उनले भने, ‘यसबारे स्वास्थ्यमन्त्रीको मत के छ?’ 

जवाफमा स्वास्थ्यमन्त्री यादवले चिकित्सकले रिफर गरेकाले प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिंगापुर गएको बताए। ‘नेपालमा धेरै रोगहरुको उपचार हुन्छ। केही टिपिकल कन्डिसनमा बाहिर जानुपर्ने अवस्था छ’, उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि यहाँका डाक्टरले बाहिर रिफर गरेकाले उचित हुन्छ भनेर जानुभएको थियो, फेरि जानुहुन्छ।’ 

मन्त्री यादवले सबै उपकरण र जनशक्ति नेपालसँग भएपछि यो अवस्थाको अन्त्य हुने र त्यसका लागि सरकारले पहल गरिरहेको बताए। ‘बाहिर उपचार गर्न जाने अवस्थालाई अन्त्य गर्न वर्ल्ड क्लासको अस्पताल, मेडिकल एजुकेशन इन्स्च्युट बनाउन पहल गरेका छौं’, उनले भने। 

प्रकाशित: ३ भाद्र २०७६ ०९:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App