८ वैशाख २०८१ शनिबार
समाज

भाइरल ज्वरोका बिरामी बढेसँगै अस्पतालमा चाप बढ्यो

परासी- पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्। चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन्।     

पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा. पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०÷७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन्। एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए। “यो सरुवा रोग भएकाले घरका एक जनामा देखिएपछि अन्य सदस्यलाई पनि सर्ने गरेको छ, एउटै घरका चार÷पाँच जना नै ग्रसित भएको पनि देखिएको छ”, डा. अग्रहरिले भने।     
     
उनका अनुसार प्रतिकूल मौसम, खानपानमा ध्यान नदिनु, सरसफाइको कमीलगायतका कारण सरुवा भाइरल ज्वरोका बिरामी बढेका हुन्। ज्वरो आउने, चिसो लाग्ने, वान्ता हुने, टाउको दुख्नेजस्ता लक्ष्ण देखिए तत्काल चिकित्सकसँग सम्पर्क गर्न तथा प्रशस्त पानी पिउन, आराम गर्न, रोगीले प्रयोग गरेका रुमाललगायतका वस्तु प्रयोग नगर्न तथा नछुन, र हात धोइरहने गरेमा यस किसिमको रोगबाट बच्न सकिने डा. अग्रहरिको सुझाव छ।रासस

प्रकाशित: ३ भाद्र २०७६ ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App