गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता

मङ्गलबार, ०३ भदौ २०७६, १३ : ४३ नागरिक

काठमाडाैँ - गृह मन्त्रालय र नेपाल प्रहरीबीच कार्यसम्पादन सम्झौता–२०७६ मा हस्ताक्षर भएको छ । गृह मन्त्रालयमा सोमबार साँझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा मन्त्रालयका सचिव प्रेमकुमार राई र  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो ।
 
कार्यक्रममा गृहमन्त्री थापाले सम्झौताले नेपाल प्रहरीलाई आफ्नो काम, जिम्मेवारी र उद्देश्यप्रति बढी गम्भीर बनाउने उल्लेख गर्दै सम्झौता इतिहासकै अग्निपरीक्षा भएकाले उत्कृष्ट नतिजा आउने गरी काम गर्नुपर्ने बताए । “मुलुकले राखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ”, उनले भने ।

गृहसचिव राईले विगतका दिनमा प्रमुख जिल्ला अधिकारीसँग गरिएका सम्झौता फलदायी हुँदै गएका बताउँदै नेपाल प्रहरीसँग गरिएको सम्झौता पनि फलदायी हुने विश्वास व्यक्त गरे ।

सम्झौतामा सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिबद्ध, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण, पारदर्शी नतिजा, तोकिएको कार्य समयमै सम्पादन, गृह प्रशासन सुधार कार्ययोजनालगायतका कुरा समेटिएका छन् । एक आर्थिक वर्ष अवधि रहने उक्त कार्यसम्पादन सम्झौतामा सात कार्य शर्तहरु र २२ कार्यसम्पादन लक्ष्य तथा सूचक रहेका प्रहरी महानिरीक्षक खनालले बताए।








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad